कृषि मन्त्री अधिकारी पुगे चोभारको निर्माणाधीन फलफूल बजार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका छन् । २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पुरा नभएपछि कृषि मन्त्री अधिकारी शुक्रबार दिउँसो निरीक्षणका लागि चोभार पुगेका थिए ।
११ औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी छ । तर, २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषि मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही हुने र गर्ने जनाउँदै मन्त्री अधिकारीले तत्काल भवन बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्नका लागि तयार रहेको बताए । चोभार रहेको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने जनाउँदै मन्त्री अधिकारीले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।
२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम नभएपछि २०८०चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११ औँ पटक म्याद थप भएको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्न झन्डै एक साता मात्र समय बाँकी छ । तर, पूर्व सहमतिअनुसार अझै १३ प्रतिशत काम पुरा हुन सकेको छैन भने समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ ।
लागत बढ्दै जाने तर सम्झौता अनुसार काम नभएपछि कृषि मन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्टेन्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको वास्तविक अवस्था बुझ्न त्यहाँ पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे
-
आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण
-
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
-
तीव्र बन्यो युक्रेनमा युद्धविरामको प्रयास, लन्डनमा भेट्दैछन् युरोपेली नेताहरू
-
माओवादीले बोलायो संसदीय दलको बैठक