नेपाल युवा संस्था सञ्जालको अध्यक्षमा बराल
काठमाडौँ । नेपाल युवा संस्था सञ्जाल (आयोन) को १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट सुजाता बरालको नेतृत्वमा २१ सदस्यीय युवा टिम निर्वाचित गरिएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गौतम शर्मा, महासचिवमा ललित ओझा, सचिवमा रितेश अधिकारी र कोषाध्यक्षमा कमलेश यादव निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा बुद्धिमान पुन, प्रकाश खड्का, पर्वत महत, निर्मल राज शाही, सागर रेग्मी, विकास राय, अनुपा खतिवडा , सङ्गीता रेग्मी, अमृता कुशवाहा चयन भएका छन् ।
यस्तै प्रदेश उपाध्यक्षतर्फ कोशीमा क्रीयस अर्याल , मधेसमा सरला जैसवाल, बागमतीमा मनोज चौँलागाई, गण्डकीमा विष्णु सुवेदी , लुम्बिनीमा विष्णु पाण्डे, कर्णालीमा सन्देश बिसी र सुदूरपश्चिममा नितिन पाण्डे चयन भएका छन् ।
आयोनलाई देशभरका युवा संस्था तथा युवाहरूको क्षेत्रमा काम गर्ने संस्थाहरूको छाता संस्थाको रूपमा चिनिन्छ । संस्थाले नेपालमा युवाहरूको क्षेत्रमा बनेका नीति, योजना र कार्यक्रम प्रभावकारी कार्यान्वयन गराउने, युवाहरूको सीप, क्षमता विकास र रोजगारी बढाउन काम गर्ने, युवाहरूमा देखिएका कुलत, मनोसामाजिक समस्या, शिक्षा तथा स्वास्थ्यमा भएका समस्या समाधानमा काम गर्ने उद्देश्य लिएको नवनिर्वाचित अध्यक्ष बरालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू