बर्दियामा गैँडाको आक्रमणबाट एकको मृत्यु, अमेरिकी नागरिकसहित दुई जना घाइते
शुक्रबार, २१ भदौ २०८१, १४ : ११
बुटवल । बर्दियामा आज गैडाको आक्रमण परी एक जनाको मृत्यु भएको छ। जिल्लाको मधुवन नगरपालिका–६ मा गैँडाको आक्रमणबाट पथ प्रदर्शक ठाकुरद्वार नगरपालिका वडा नम्बर ९ का ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रवक्ता डिएसपी तुलसी राम अर्यालले जानकारी दिए ।
यसैगरी गैँडाको आक्रमणबाट अमेरिकन पर्यटक एमसी सावन र उक्त वनका चौकीदार खिन्चु थारु घाइते भएको छन् । उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचारका लागि पठाइएको छ ।
थारुको अवस्था सामान्य छ भने गम्भीर घाइते भएका अमेरिकन नागरिकलाई थप उपचारको लागि काठमाडौँ लैजाने तयारी भएको अर्यालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
-
अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
-
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु