गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी

काठमाडौँ । गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको उच्च स्रोतले जानकारी दिएको छ ।
यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए । नवनियुक्त गृहसचिव दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत थिए । राष्ट्रपतिको कार्यालयमा कार्यरत नारायण प्रसाद शर्मा दुवाडी पनि गृह मन्त्रालयमा आउने दौडमा थिए ।
बिहीबारको मन्त्रिपरिषदमा गृहमन्त्री रमेश लेखक ढिला पुगे । उनी ढिला भएका कारण मन्त्रिपरिषद् बैठकमा त्यसबारे छलफल नभए पनि प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा गृहसचिवबारे निर्णय गर्ने भनिएको थियो । बिहीबारकै बैठकको निर्णयमा उल्लेख गर्ने गरी शुक्रवार गृह सचिवबारे निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली
-
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
-
भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा