अर्थशास्त्री हरि रोकाको नयाँ पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ शनिबार विमोचन हुने
शुक्रबार, २१ भदौ २०८१, १२ : ३०

काठमाडौँ । अर्थशास्त्री हरि रोकाको नयाँ पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ शनिबार विमोचन हुने भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रमबाट पुस्तक विमोचन गर्न लागिएको रोकाले जानकारी दिए ।
उनका अनुसार पुस्तक विमोचनका अवसरमा विमर्श कार्यक्रम पनि आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रमको विमर्शमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, अर्थविद् प्राडा अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगकी सदस्य गीता पोड्याल अधिकारी, पत्रकार उमेश चौहान र लेखक रोका सहभागी हुनेछन् ।
पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू