प्राचीनकालदेखि पिउँथे, महिलाले मदिरा
सहर–बजारका कतिपय महिलाले तिज आउनुभन्दा केही दिन अघिदेखि नै तिजका नाममा पार्टी गरे, सुनका गहना र महँगा सारीको प्रदर्शन गरे, मदिरा सेवन गरे, उत्तेजक शैलीमा नाचगान गरे— यस्ता विरोध पछिल्ला वर्ष सुनिदै आएको छ ।
खासगरी महिलाले मदिरा पिएकामा र उत्तेजक ढङ्गले नाचेकामा विरोध गरिन्छ । हाम्रो यस भू–भागमा प्राचीनकालदेखि नै महिलाले मदिरा पिएर नाचगान गर्थे । बुद्धका उपदेशको सँगालो ‘धम्मपद’मा एउटा यस्तै प्रसंग छ—
जेतवनमा एक दिन विशाखा उपासिकाका केही सहायिकाहरू सुरापान गरेर तथागत बुद्धको धर्मसभामा गए र उपदेश सुन्न थाले । तिनीहरूमध्ये केहीले मदमस्त भई उठेर नाच्ने, गाउने र थपडी बजाएर हाँस्ने गरेका थिए ।
यस्तो दशा देखेर भगवान्ले आफ्ना आँखीभौँबाट रश्मि छाडेर अन्धकार गराइदिए । उनीहरू भयभीत भए । अनि भगवान सिनेरु पर्वतको चुलीमा गएर आफ्ना उष्ण लोम (केश)बाट रश्मि छाड्दै ती स्त्रीलाई सम्बोधन गरे, ‘तिमीहरू प्रमत्त भएर मसँग आउन हुँदैन । राग आदि अग्निलाई शान्त गर्ने प्रयत्न गर्नुपर्छ, (२०७५ सालमा प्रकाशित ‘धम्मपद, नारायण ज्ञवालीद्वारा अनुदित) ।’
महिलालाई मात्रै होइन, पुरुषलाई मदिरापानमा निषेध गर्ने कानुन पनि प्राचीनकालमै ल्याइएको थियो । मनुस्मृतिको एक श्लोक भन्छ, ‘एकपटक मात्रै ब्राह्मणका शरीरमा मदिरा पसेर आत्मालाई भिजाएको छ भने त्यसको ब्राह्मणत्व नष्ट हुन्छ र ऊ शूद्रसमान बन्छ ।’
मनुस्मृतिमा सुरापानको दोष मेटाउने अनौठो उपाय बताइएको छ । एउटा श्लोक छ, ‘मदिरा पिएको दोष मेटाउन एक वर्षसम्म अरू कसैको अन्नको भुस या तिलको पिना खाएर ऊनीको वस्त्र पहिरिएर, जटा पालेर मदिरापानको ध्वजा धारण गर्नुपर्छ ।’
मनुस्मृतिलाई नियाल्दा मदिरा सेवन गर्ने छुट वा हक शूद्रलाई मात्रै थियो, अथवा मदिरा सेवन गरेपछि कथित उच्च कुलको व्यक्ति पनि शूद्र हुन पुग्थ्यो । थाहा छैन, इतिहासमा मदिरा सेवन गरेर कथित उच्च कुलमा जन्मेका कति शूद्र भए । यस्ता नियम आज लागु हुने हो भने यहाँ अधिकांश शूद्र (दलित) हुन पुग्छन् ।
हाम्रा पुर्खाले विभिन्न जडीबुटी चाख्दाचाख्दै मदिरा बनाउने सूत्र (मर्चा) पत्ता लाग्यो । सुरुवाती चरणमा यो महिला र पुरुष दुवैका लागि आवश्यक भोजन थियो, किनभने यसले जाडोमा जिउ तताउँथ्यो, शत्रुसँग लड्न साहस दिन्थ्यो ।
पहिले मानिसहरूले मदिरा अड्कलेर त्यति खान्थे, जति खाँदा होस नगुमोस्, शरीर थामियोस् ताकि सिकार खेल्न, शत्रुसँग भिड्न वा बचेर भाग्न सकियोस् ।
‘हाइपर–क्यापिटालिजम्’मा देखासिकी सामान्य विषय हो । मानिसहरू धनी हुन कोसिस गर्छन् । त्यसपछि भर्खर–भर्खर धनी भएकाहरू र पहिलेदेखि नै धनीहरू आफ्नो धनको शक्ति देखाउन विभिन्न ढङ्गले प्रतिस्पर्धा गर्छन् । महिलाहरूले गहना र सारीमा देखासिकी गरे भन्नु त छोटो बुद्धि हो ।
जब मदिरामा लत लाग्न थाल्यो, यसले रोग निम्त्याउन थाल्यो, त्यसपछि नै मदिरामाथि बन्देज लगाउने वा अड्कलेर खाने अभ्यास हुन थाल्यो । खासगरी स्त्रीको हकमा मदिरा बन्देज गर्नुको बेग्लै कारण हुनुपर्छ, मदिराले लट्ठिएका स्त्रीसँग कसैले यौनसम्पर्क राख्यो या बलात्कार ग¥यो भने गर्भ बस्न सक्थ्यो र सन्तानलाई समाजमा स्थापित गर्न वा सम्मानित स्थान दिन अप्ठेरो हुन्थ्यो । हिन्दु समाजमा विभिन्न (विभेदकारी पनि) सामाजिक नियम बन्दै जाँदा विवाह र करणीका पनि नियम बनेका थिए ।
यहाँनेर प्रश्न उठ्ला— मदिराले लट्ठिएकी स्त्रीलाई पुरुषले गलत मनसायले किन छुने ? रातबिरात हिँडेकी स्त्री होस् वा मदिराले लट्ठिएकी स्त्री होस्, पुरुषले यौनिक नजरले हेर्नुपर्ने किन ? पशुमा त पोथीको मन्जुरीबिना सम्भोग हुँदैन । पशुमा त पोथीलाई आफ्नो शरीरमाथि स्वतन्त्रता छ, पुरुष बलात्कारी भइहाल्नुपर्ने किन ? प्रश्न स्वाभाविक छन् । यद्यपि महिलाले आजसम्म यस्तै आवाज उठाउँदै आउनुपरेको छ । आज पनि महिला रातबिरात हिँड्न वा पुरुषले जस्तै मदिरा पिएर हिँड्न स्वतन्त्र छैनन्, यहाँ उनीहरूलाई कुनै बलात्कारी पुरुषको त्रास छ ।
अर्कोतिर महिला र पुरुष दुवैले मदिरा पिएर होस गुमाउन वा बहकिन सक्थे र नसोचेको परिस्थिति सिर्जना हुन सक्थ्यो । मदिरा सेवन गर्ने महिला वा पुरुष दुवैले राज्य वा समाजलाई हानि हुने निर्णय गर्न सक्थे वा सक्छन् । त्यसैले हिजोदेखि आजसम्म मदिरा सेवनको विरोध हुँदै आएको छ । यद्यपि यो २१औँ शताब्दीमा पनि हाम्रो समाजमा पुरुषले रक्सी पिउनु सामान्य र महिलाले पिउनुलाई असामान्य रूपमा लिएको पाइन्छ । चाडबाडका अवसरमा कहिलेकाहीँ महिलाहरू सुरक्षित रूपमा भेला हुन्छन्, रक्सी खान्छन्, नाच्छन्— यसमा विरोध गरिहाल्नुपर्ने केही छैन, पुग्नेहरू खान्छन् । पुरुषहरूको गतिविधिलाई जस्तै यसलाई पनि स्वाभाविक रूपमा लिनुपर्छ ।
हामीकहाँ त अरुको मन्जुरीबिना भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गैरकानुनी हर्कत हुन थाले र समस्या भयो ।
मदिरा सेवन गर्नै नहुने भन्ने होइन, कुरा मात्राको हो । संसारभरि नै मदिराको सेवन गर्नेहरू छन्, मदिराका अनेक ब्रान्ड छन् । मदिराको विरोध गर्ने हो भने संसारबाटै मदिराको उन्मूलन गर्ने दिशामा लाग्नुप¥यो ।
अर्कोकुरा, तिजका गीत छाडा वा अश्लील भए भनिएको छ । हिजोका साहित्यले शक्ति वा शासकको पूजा गथ्र्यो । जनताले आफूमाथि परेका केही पीर–मर्का वा अन्याय भन्नुपर्दा विरह र वेदनायुक्त भाषाशैलीको सहारा लिन्थे, अभिधामा नभनेर लक्षणा र व्यञ्जनामा भन्थे । जति अन्याय भए पनि अधिकांश जनताले शासकका अगाडि विद्रोह बोल्दैनथे, अधिकारका आवाज ओकल्दैनथे, त्यसैले त हिजो गम्भीर प्रकृतिका साहित्य पनि जन्मिए ।
हिजो वेदना मिसिँदासम्म तिजगीत ठिक र आज त्यसमा विद्रोह मिसिँदा बेठिक भन्ने होइन । गीतका शब्द र लयहरू समयानुकूल बदलिँदै आउँछन् । जहाँसम्म छाडा शब्द वा अश्लीलताको कुरा छ— अन्य गीत, कविता वा साहित्यमा यस्ता छाडा शब्द वा अश्लीलता आएकै छन्, तिजका भनिएका गीतमा ती आए भनेर आत्तिनुपर्ने केही छैन ।
यो तिजगीतको अवस्था पनि यस्तै थियो । हिजो वेदना मिसिँदासम्म तिजगीत ठिक र आज त्यसमा विद्रोह मिसिँदा बेठिक भन्ने होइन । गीतका शब्द र लयहरू समयानुकूल बदलिँदै आउँछन् । जहाँसम्म छाडा शब्द वा अश्लीलताको कुरा छ— अन्य गीत, कविता वा साहित्यमा यस्ता छाडा शब्द वा अश्लीलता आएकै छन्, तिजका भनिएका गीतमा ती आए भनेर आत्तिनुपर्ने केही छैन । कसैले चर्चा कमाउन यस्ता गीत सार्वजनिक गर्छन्, कसैले साँच्चिकै विद्रोह गर्न । विद्रोहका विभिन्न रूप हुन्छन् । कसैको विद्रोहले आम नागरिकलाई साँच्चिकै अप्ठेरो पर्छ भने सुरक्षा निकाय वा अदालत जान पाउनुपर्छ, त्यहाँ विवेकयुक्त फैसला होस् ।
हामीकहाँ आफूले के गर्दा अर्कोलाई अप्ठेरो वा असहज हुन्छ भन्ने सोचिँदैन, त्यो खालको विवेकमाथि बहस भएका छैनन् । असहज हुने गरी चर्को आवाजमा कतै अश्लील गीत बजेको छ भने प्रहरीलाई फोन गर्ने र प्रहरीले पनि तुरुन्त आवश्यक कारबाही गर्ने अभ्यास हामीले पनि गर्दै जानुपर्छ ।
अर्को कुरा छ, राम्रो पति पाउन वा पतिको दीर्घायुका लागि व्रत बस्ने कुरामा बहस । यो नितान्त व्यक्तिको व्यक्तिगत आस्थाको कुरा हो । कसैले राम्रो पति पाउन वा पतिको दीर्घायुको कामना गर्दै व्रत बस्छन् भने बसून्, यो उनीहरूको चेतनाको कुरा हो । अर्को मान्छेलाई कुनै पनि प्रकारको विभेद नहुने गरी कसैले आफ्नो आस्थागत कर्म गर्न सक्छ । होइन, यो आस्थागत कर्ममै विभेद छ, राम्री पत्नी पाउन वा पत्नीको दीर्घायुका लागि पुरुषले व्रत बस्दैनन्, हामीले किन बस्ने भनेर कसैले आवाज उठाउँछन् भने उठाऊन्, त्यो उनीहरूको चेतनास्तरको कुरा हो । यसो भन्न उनीहरू स्वतन्त्र छन् । अनि जुनसुकै देश वा समाजको सामाजिक न्यायका लागि आवाज उठाउन संसारभरिका मानिस स्वतन्त्र छन् । हामीले त मानव अधिकार वा सामाजिक न्यायलाई विभिन्न सिमानाले छुट्ट्याएर हेरेका छौँ । न्यायको आवाज कुन ठिक हो र कुन बेठिक हो भनेर बहस गर्ने हक संसारभरिका मानिसलाई छ । आजको मानवको चेत त्यति पछाडि छैन, कुन न्याय र कुन अन्याय हो भनेर छुट्ट्याउनै नसकियोस् । तसर्थ बहसहरू हुन दिनुस्, टाउको नदुखाउनुस् ।
अर्को विषय छ, देखासिकीको । पुँजीवादमा, अझ भनौँ ‘हाइपर–क्यापिटालिजम्’मा देखासिकी सामान्य विषय हो । मानिसहरू धनी हुन कोसिस गर्छन् । त्यसपछि भर्खर भर्खर धनी भएकाहरू र पहिलेदेखि नै धनीहरू आफ्नो धनको शक्ति देखाउन विभिन्न ढङ्गले तँछाडमछाड वा प्रतिस्पर्धा गर्छन् । यस्तो प्रतिस्पर्धाले ऋण पनि लाग्छ सक्छ, जुन स्वाभाविक हो । यो चरम अवस्थामा पुगेपछि विश्व व्यवस्थामाथि नै बहस हुन्छ । महिलाहरूले गहना र सारीमा देखासिकी गरे भन्नु त छोटो बुद्धि हो, सक्नुहुन्छ भने समाजवादको बहस गर्नुस् । सक्नुहुन्न भने, भइरहेका बहसहरू हुन दिनुस्, टाउको नदुखाउनुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
-
सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन