बीसीसीआईले दिने पारिश्रमिकभन्दा नौ गुना बढी कर तिर्छन् क्रिकेटर विराट कोहली

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली फेरि चर्चामा छन् । तर, यसपटक उनी कुनै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाले भन्दा पनि अन्य कारणले नै चर्चाको विषय बनेका हुन् ।
खासमा, कोहली आर्थिक वर्ष २०२३–२४ मा देशका लागि सबैभन्दा बढी कर तिर्ने भारतीय खेलाडी बनेका छन् । उनले देशका लागि क्रिकेट खेलेवापत भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट वार्षिक रुपमा सात करोड भारतीय रुपैयाँ पारिश्रमिक पाउँछन् ।
उनी बीसीसीआईको ‘ए’ श्रेणीका खेलाडीको सूचीमा पर्छन् । कोहलीसँगै रोहित शर्मा, जसप्रित बुमराह र रविन्द्र जडेजाले पनि बीसीसीआईबाट वार्षिक सात–सात करोड भारतीय रुपैयाँ पारिश्रमिक पाउँछन् । तर, कोहलीले राज्यलाई तिरेको कर उनले बीसीसीआईबाट पाउने पारिश्रमिकभन्दा नौ गुना बढी छ ।
कोहलीले आर्थिक वर्ष २०२३–२४ मा राज्यलाई ६६ करोड भारतीय रुपैयाँ कर तिरेको समाचारमा जनाइएको छ । योसँगै उनी सबैभन्दा बढी कर तिर्ने भारतीय खेलाडी बनेका हुन् । त्यसैले पनि अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ ।
कोहली सरकारलाई सबैभन्दा बढी कर तिर्ने भारतीय सेलिब्रेटीको सूचीमा पाँचौँ स्थानमा छन् । समाचारमा जनाइए अनुसार, सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटीको सूचिमा अभिनेता शाहरुख खान (९२ करोड) पहिलो, अभिनेता विजय (८० करोड) दोस्रो, अभिनेता सलमान खान (७८ करोड) तेस्रो र अभिनेता अमिताभ बच्चन (७१ करोड रुपैयाँ) चौथो स्थानमा छन् ।
अर्का चर्चित क्रिकेटर महेन्द्रसिंह धोनीले पनि अघिल्लो आर्थिक वर्ष ३८ करोड भारतीय रुपैयाँ कर तिरेको समाचारमा जनाइएको छ । धोनी सर्वाधिक कर तिर्ने सेलिब्रेटीको सूचीमा सातौँ स्थानमा रहेको बताइएको छ । यसका अतिरिक्त क्रिकेटर सचिन तेन्दुल्करले २८ करोड, सौरव गांगुलीले २३ करोड, अलराउन्डर हार्दिक पाण्ड्याले १३ करोड र ऋषभ पन्तले १० करोड भारतीय रुपैयाँ कर तिरेको समाचारमा जनाइएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)