झण्डै ४५ वर्ष सक्रिय राजनीतिक जीवनमा भेदभाव, अन्याय र अपमानका विरुद्ध लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीको महासचिवको जिम्मेवारीमा छन् । लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा पटकपटक जेल जीवन बिताएका उनी अध्ययनशील र बौद्धिक नेताका रूपमा परिचित छन् ।
‘नेपाल अब अर्धसामन्ती र अर्ध औपनिवेशिक मुलुक रहेन, यो पूँजीवादी मुलुक हो जसको मूल चरित्र दलाल छ,’ वैचारिक रूपमा उनी प्रस्ट छन् ।
अहिलेका पार्टी ‘पार्टीजस्ता छैनन्’ भन्ने मान्यता राख्ने भूसाल पार्टी नबनी मुलुक नबन्ने दाबी गर्दछन् । महासचिव भूसालसँग पार्टीको महाधिवेशन, पदाधिकारीको निर्वाचनपछि पार्टीमा देखिएको असन्तुष्टिलगायत समसामयिक विषयमा रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, भूसालसँग गरिएको कुराकानीको सम्पादित अंश–
हामी जसरी जान खोजेका थियौँ, आन्तरिक कारणले त्यता जान सकेनौँ । हामी जसरी जान खोजेका थियौँ, त्यता नगइकन हामी ‘एडहक’ उपाय अपनाउनुपर्नेतिर प्रवेश गर्यौँ, जुन आफैँमा जटिल बाटो थियो ।
पार्टी भर्खरै निर्माणकै क्रममा रहेको, अङ्गै नपुगेको । भएका अङ्गहरूले पनि पर्फेक्ट्ली काम गर्न सक्ने अवस्था रहेन । जसले गर्दा धेरै ‘एडहक’ निर्णय गरेर जानुपर्ने अवस्थामा पुग्यौँ ।
निर्वाचन भयो कि भएन ? निर्वाचनको प्रक्रियालाई कसरी फलो गरियो भनेरमात्र हेर्नुभयो भने तुलना गर्न मिल्छ । तर संरचना बनिसकेको र बन्दै गरेको पार्टीको अवस्थालाई हेर्नुपर्छ । यो बाध्यता थियो, त्यो मनमोजी र नियत थियो ।
मैलै माधव नेपाल र झलनाथ बाहेकको पार्टी भनेकै थिइनँ । आफ्नालागि भन्दा पनि राजनीतिमा केही नयाँ कुरा सुरु गरौँ । सोसाइटीको मागलाई सम्बोधन गरौँ भन्ने मेरो कुरा थियो । अन्तिममा मैले नेताहरूलाई पनि कन्भिन्स गर्न सकिनँ । साथीहरूलाई पनि कन्भिन्स गर्न सकिनँ ।
प्रतिनिधिमा त कन्फ्यूजन रह्यो । समाजले धेरै नयाँ कुरा खोजिसकेको छ । यो न्यूनतम कुरा हो, गर्नै पर्छ । खासगरी दुनियाँको कुरा सुन्ने, जान्ने, बुझ्ने, आफ्नै समाजको गुम्सिरहेको उकुसमुकुसलाई देख्ने । त्यस्तो साथीहरूको अलि बढी जोड थियो । तर नेताहरू नै सहमत नभएपछि त टोटालिटीमा हामी कार्यकर्ता माझ नै गएनौँ । नेताहरू नै विभाजित भएपछि त कार्यकर्ता पनि विभाजित हुने नै भए ।
कतिले त्यो पनि भन्लान् । तर, त्यो दुनियाँले हेर्ने कुरा हो । यसमा मलाईचाहिँ केही भन्नु छैन । तर मेरो नेचरको हिसाबले मैले राजनीतिलाई कसरी लिएको छु ? मैले कसरी राजनीति गर्दै आएको छु भन्ने कुरा सामान्यतया अरुले हेर्ने हो । नत्र भने महाधिवेशनमा, त्यो हलभित्र म महासचिव भएको प्रश्नमा कसैको दाबी पनि थिएन, विरोध पनि थिएन ।
हलले पहिला तीन जनालाई चुन्यो । अबको प्रक्रियालाई पनि सर्वसम्मत अगाडि लैजाउँ भनेर अध्यक्षमण्डलले प्रस्ताव गर्यो । हलले त्यही कुरालाई स्वागत गर्यो । त्यसमा ‘कन्ट्रोभर्सी’ थियो भन्ने मलाई लाग्दैन ।
बितेका घटनामा कल्पना त गर्न सकिने भयो ।
ज–जसले आरोप लगाए भन्नुभयो, त्यसमा उनीहरू नै गलत थिए । म आन्दोलनबाट आएको हुँ । नेपालको कम्युनिस्ट आन्दोलनभित्र विचारमा समस्या छन् । सिद्धान्त, पद्धतिमा समस्या छन् भन्ने कुरा मैले गएको १५ वर्षदेखि उठाउँदै आएको छु । नेपाली समाजको चरित्र पुँजीवादी हो । ०६२/०६३ मा नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसकेको हो । अब जाने भनेको समाजवादतिर हो ।
तर समाजवादतिर दलाल पुँजीवादले बाटो छेक्छ । यसकारण दलाल पुँजीवादसँग जुझ्दै, त्यसलाई रुपान्तरण गर्दै, राष्ट्रिय पुँजीको विकास गर्दै, समृद्धि हासिल गर्दै समाजवादतिर जाने हो भन्ने कुरा प्रस्ताव गर्ने, छलफल गर्ने, बहस गर्ने काम त मैले १५ वर्षभन्दा बढी समयदेखि गर्दै आएको छु । अनि म कम्युनिस्ट आन्दोलनमा अचानक आएँ, बेला भएको थिएन भन्ने ती साथीहरूको तर्क गलत थियो र छ ।
त्यो आँखाबाट, त्यसरी, को कताका हुन् भनेर मैले पूरै हेरिसकेको छैन । अर्को कुरा, त्यसले मलाई केही पनि गर्दैन । राजनीतिक, वैचारिक, सैद्धान्तिक हिसाबले मसँग नजिक भएको एक जना साथी पर्नु वा नपर्नुले वा एकै जना नपर्नु वा सबै मैले भनेकै पर्नुले केही हुँदैन । इमानदार कम्युनिस्ट हुँ भनेर दाबी गर्नेहरूका लागि आजको वाम आन्दोलनको अवस्था के हो ? आजको राजनीतिको अवस्था के हो ? हामीले ल्याएको गणतन्त्रको अवस्था के हो ? यहाँभित्र हाम्रो पार्टीको हालत के छ ? यो कुराले बढ्ता पिरोल्ने कुरा हो ।
यो प्रक्रियामा केही प्रक्रियागत त्रुटिहरूको कुरा केही साथीले उठाउनुभएको छ । त्यो प्रश्न जायज हो । कुनै पनि हिसाबले चुनावलाई प्रभावित पार्ने अन्यथा गतिविधि गर्नुहुँदैन भन्ने नियम बनाएका थियौँ । त्यो उल्लङ्घन भयो भने त चुनावको परिणाम खारेज गर्नुपर्छ भन्नेसम्मको कुरा साथीहरूको छ । प्रक्रियाको रूपले, कानुनी हिसाबले यो कुरा ठिक हो । तर राजनीतिक हिसाबले त्यसैमा जानुहुन्छ कि हुँदैन ? त्यो गर्न हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा हामी छलफल गर्दैछौँ ।
एक हिसाबले छानबिन समिति बनाइ पनि सकेका छौँ । चाँडै रिपोर्ट पेस गर्छौं ।
हामी छलफलबाटै टुङ्ग्याउँछौँ ।
तपाईंलाई इमानका साथ भन्छु कि मैले फलानालाई भोट दिने र नदिने कसैलाई भनिनँ । अझ रामकुमारीलाई मैले भोट नदिन भन्नु सम्भव थिएन । मैले भन्दै भनेको छैन । यो आशङ्का खारेज गर्दछु ।
हामीले जे गर्यौँ, विधिका हिसाबले तपाईंले भनेकै कुरा ठिक हो । मनोनीत कमिटीले निर्वाचन गराउने कुरा विधिका हिसाबले बेठिक हो ।
विधिका हिसाबले त्यो सुल्टो हुन्थ्यो । बन्दै गरेको पार्टीको बाध्यताका कारण हामी त्यहाँ गएनौँ, कुरा यतिमात्र हो । अब यति कुराचाहिँ भन्छु, फेरि यो कुरा दोहोर्याउनु हुँदैन ।
हो ।
हामीले विधानमै व्यवस्था गरेका छौँ कि तलका उम्मेदवार माथिबाट तोकिँदैनन् । अब गल्ती दोहोर्याउँदैनौँ । अब तलका कमिटीमा सोची, विचारी अगाडि लैजान्छौँ ।
०८४ सम्म क्षितिजमा म धेरै कुरा देख्छु ।
समग्र राजनीतिको कुरा गर्दा समाजमा जस्तो खालको उकुसमुकुस छ, राज्य जस्तो छ, सरकार जस्तो छ, नेताहरू जस्ता छन्– यिनीहरू सत्ताका लागि जसरी, जुनसुकै हिसाबले पनि पार्टीभित्र र पार्टी बाहिर गर्नु, नगर्नु, गर्नका लागि जति प्रतिबद्ध छन् र, समाजले खोजेको कुरा अर्कै छ ।
संसदको संरचना एक खालको छ । बाहिर पनि दुनियाँमा उथलपुथल भइरहेका छन् । यसलाई हेर्दा ०८४ सम्म हामी कसरी जान्छौँ, ठ्याक्कै भन्न सकिँदैन ।
नेकपा एकीकृत समाजवादीलाई सिद्धान्त, विचार र संगठनात्मक प्रस्तावका हिसाबले मूलभूत रूपमा ठिक ठाउँमा ल्याएका छौँ । लेफ्ट मुभमेण्टमा अबको डेढ वर्षभित्र धेरै प्रभावकारी काम गर्न सक्छौँ ।
हाम्रो पार्टीमात्र हेर्नुभयो भने एउटा देखिन्छ । तर समग्र पार्टी हेर्दा त्यहाँभित्रको उकुसमुकुस, तिनका दुःख, व्यथा, छटपटी हेर्नुभयो भने अर्कै देखिन्छ ।
त्यो अपेक्षा छ भने त्यसलाई मैले जिम्मेवारीका रुपमा स्वीकार गर्नुपर्छ । र, त्यस्तो परिणाम कसरी निस्किन्छ भनेर मैले ख्याल गर्नुपर्छ ।
विधि विधानका कुरा, सोचहरू, दृष्टिकोणहरू, सिद्धान्त, विचारको कुराहरू हामीले ठिक गरेका छौँ, राम्रो गरेका छौँ । कयौँ कुरा साथीहरूलाई चित्त नबुझ्ने पनि गर्यौँ । अब नदोहोर्याउने प्रतिबद्धता पनि गरेका छौँ । दुवै कुरा छन् ।
जनताको बहुदलीय जनवाद (जबज)लाई टेकेर समाजावादमा जाने भनेको नर्कमा खुट्टो, स्वर्गमा टाउको राख्छु भनेको हो । एमाले यही भन्दैछ । यो मिल्दैन । यो सैद्धान्तिक हिसाबले होइन । केही आग्रहहरूले, खास गरेर ओलीजीले त्यसलाई एमालेभित्रको सत्ताको रक्षाकवच बनाएर राख्नुभएको छ । त्यो गोलमालमा छ ।
माओवादी, माओवादी नै भइहाल्यो । ०६३ पछि भन्न छाड्नुपर्ने कुरा अहिले पनि बोकेर हिँडिरहनुभएको छ । सैद्धान्तिक रुपमा अबको बाटोबारे हामी भने स्पष्ट भन्छौँ, भनेका छौँ ।
०७४ सालको निर्वाचनमा एमाले, त्यसमा पनि माओवादीसँग एलाइन्स गरेको पार्टी, त्यसका लागि भोटको कुनै खाँचो थियो ? तर ओलीजीले राप्रपासँग मिलेर आफ्ना लागिमात्र सिट सुरक्षित गर्नुभयो । यी नेताको सुरक्षा होउञ्जेल भन्ने हो । यिनीमाथि जब थ्रेट हुन्छ, त्यसदिन यिनीहरूले जे पनि गर्छन् । त्यसैले यिनीहरूले यसो भने भनेर विश्वास गर्दिनँ ।
कसैको ईच्छा होला । तर, अहिलेको माओवादी, माओवादी रहेसम्म एकताको कुनै सम्भावना छैन । माओवाद छाडेर पनि हुँदैन । माओवादका लहनतहन धेरै छन् ।
अहिलेको एमाले ओलीजीको करेसाबारी हो । त्यसमा अरु कसैको केही चल्दैन । विचारधारका हिसाबले उहाँ फाइदा हुने ठाउँमा उभिनुहुन्छ । त्यसकारण एमालेको कुरै नगर्नुस् । स्वतन्त्रतापूर्वक सोच्ने कुनै पनि मान्छे एमाले हुँदैन र एमाले ज्वाइन हुँदैन । ओलीजी नेतृत्वमा रहेसम्म एकताको हुँदैन ।
राजनीतिक रुपले धेरै बच्कना कुरा हो । कम्युनिस्ट पार्टीको मान्छेले कांग्रेस पनि बन भनेकै हो । तिमी अर्को लेफ्ट भएर बस्न पाउँदैनौँ । कि मकहाँ आऊ, कि कांग्रेसमा जाऊ भनेको हो । त्यसो हो भने दुई दल किन ? एउटै दल बनाए भै गयो नि ! म यस्तो प्रभाव सिर्जना गर्नेछु कि यो मुलुकमा कांग्रेस पनि रहने छैन भने भै गयो त ।
एक महिनाअघि ओलीजी भन्दै हुनुहुन्थ्यो, धर्तीमा अब केही समस्या छैन, अब म छु । एक महिनापछि उहाँले भन्न थाल्नुभएको छ, सरकारलाई घेराबन्दी भयो । हिजो उहाँले नै १० सिटे, ३२ सिटे, २० सिटे भन्नुभएको होइन ? के तिनीहरूले गरे ? आजै उहाँ कति विवादित हुनुभयो ? यसले समाधान दिँदैन ।
प्रतिक्रिया