दोरम्बाका पहिरो प्रभावितलाई राहत हस्तान्तरण
शुक्रबार, २१ भदौ २०८१, ११ : ०४
काठमाडौँ । दोरम्बा शैलुङ गाउँपालिका–३ का पहिरो प्रभावितहरुलाई राहत हस्तान्तरण गरिएको छ । दोरम्बा शैलुङ गाउँपालिका, माओवादी केन्द्र निकट दोरम्बा–काठमाडौँ सम्पर्क मञ्च र रामेछाप काठमाडौँ सृजनशील समाजले राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
दोरम्बा शैलुङ वडा नम्बर–३ स्थित लेखर्कमा भदौ ८ मा गएको पहिरोका कारण १० जनाले ज्यान गुमाए । ६५ परिवार विस्थापित भएका छन् ।
रामेछाप–काठमाडौँ सिर्जनशिल समाजले ३ लाख नगद, २७ बोरा चामल, दाल, चिनी र च्यूरा गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई हस्तान्तरण गरेको छ । समाजले उपलब्ध गराएको सामाग्री गाउँपालिका अध्यक्षले प्रभावित परिवारलाई उपलब्ध गराएका हुन् ।
पहिरो प्रभावित परिवारको घाउमा मल्हमपट्टि लगाउन काठमाडौँमा आर्थिक संकलन गरेर दोरम्बामा लगेर वितरण गरिएको आर्थिक संकलनको नेतृत्वकर्ता राजीब गिरीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट