अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको २० वर्षपछि सान मारिनोले जित्यो पहिलो खेल
काठमाडौँ । सान मारिनोले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिलो खेल जितेर इतिहास रचेको छ । सान मारिनोले नेशन्स लिग फुटबलअन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा लिचटेन्स्टाइनमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
सान मारिनो विश्व फुटबल महासंघ (फिफा) वरीयताको सबैभन्दा तल रहँदै आएको राष्ट्र पनि हो । अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय भएको करिब दुई दशकपछि सान मारिनोले पहिलो प्रतिस्पर्धात्मक खेल जितेको हो ।
सन् २००४ मा सान मारिनोले एकपटक मैत्रीपूर्ण खेलमा भने जित हात पारेको थियो । त्यतिबेला पनि सान मारिनोले लिचटेन्स्टाइनलाई नै हराएको थियो । मैत्रीपूर्ण खेललाई समेत मिलाउँदा २० वर्षको अवधिमा सान मारिनोको यो केवल दोस्रो जित हो ।
लिचटेन्स्टाइनविरुद्धको शुक्रबार विहान सम्पन्न खेलमा सान मारिनोका लागि निको सेनसोलीले निर्णायक गोल गरेका थिए । १९ वर्षीय सेनसोलीले प्रतिस्पर्धात्मक खेलको ५३औँ मिनेटमा गोल गरेका थिए । सेनसोलीको सोही गोलका कारण सान मारिनोले इतिहास रचेको हो ।
२० वर्षको अवधिमा सान मारिनोले दुई सय ६ मध्ये एक सय ९६ खेलमा हार भोगेको छ । सन् २०२१ को नोभेम्बरमा खेलिएको विश्वकप छनोट खेलमा इङ्ल्यान्डले सान मारिनोलाई १०–० गोलको विशाल अन्तरले हराएको थियो । त्यसयता भने सान मारिनोको खेलमा क्रमशः सुधार आउँदै गएको देखिन्छ ।
सान मारिनोले गत अक्टोबरमा खेलिएको युरो कप–२०२४ को छनोट खेलमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गरेको थियो । युरो कपको छनोट प्रतियोगितामा सान मोरिनोले आफ्नो पहिलो गोल डेनमार्कविरुद्ध गरेको थियो । त्यो खेलमा डेनमार्कले सान मारिनोलाई २–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित