फ्राइडे रिलिज : ‘रावायण’ भर्सेज ‘देवी’
काठमाडौंँ । शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका छन् । यी दुवै फिल्म फ्राइडे रिलिजको परम्परा धान्दै देशभर एकअर्कासँग भिड्न तयार भएका हुन् ।
‘रावायण’ प्रेमकथामा बनेको फिल्म हो, भने ‘देवी’मा बलात्कार पीडितको कथालाई विषय बनाइएको छ । दुवै फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा निर्माण युनिटको छ ।
‘रावायण’
सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको हो । अभिनेत्री पूजा शर्मा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुशन पाठक रहेका छन् ।
फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।
फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ । फिल्मको वितरण आरआर फिल्मसले गरेको हो ।
‘देवी’
संजोग राई निर्देशित फिल्म ‘देवी’मा बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा देख्न सकिन्छ । निर्देशक राईको यो डेब्यु फिल्म हो । पेसाले फोटोग्राफर राईले बच्चादेखिको निर्देशन सपना पुरा गर्न फिल्ममा होमिएको बताए ।
निर्देशक राइकै निर्माण रहेको फिल्ममा अभिनेत्री शिल्पा मास्केको पनि निर्माण सहकार्य छ । उनी फिल्ममा सह–निर्माताको रूपमा छिन् ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको हो । सार्वजनिक प्रदर्शनका लागि निर्माण युनिटले बाँसुरी फिल्मससँग सहकार्य गरेको छ ।
फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जङ्ग खड्का र विकास पन्तको अभिनय छ । सन्जेन थापाले फिल्ममा एक्सन निर्देशन गरेका छन् ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्ममा पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्म मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी