डाक्टरको सरुवा विवाद : सरुवा बदरको माग गर्दै मुख्यमन्त्रीलाई पत्र
सुर्खेत । कर्णालीमा एक वरिष्ठ कन्सलटेन्ट जनरल सर्जनलाई विशेषज्ञ डाक्टरको दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको विषय निकै विवादित बनेको छ ।
कर्णाली प्रदेश अस्पतालमा दरबन्दी भएका र हाल मेहलकुना अस्पतालको प्रमुख रहेका वरिष्ठ कन्सलटेन्ट जनरल सर्जनसोजन सापकोटालाई मानव संशाधन विकास केन्द्रमा सरुवा गरिएको छ । मानव संशाधन केन्द्रले डाक्टरलाई तालिम दिने काम गर्दछ ।
उनलाई भदौ १३ गते केन्द्रमा सरुवा गरिएको थियो । कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको निर्णय अनुसार सापकोटालाई त्यहाँ सरुवा गरिएको हो । तर सापकोटाले आफ्नो सरुवा त्यहाँ उपयुक्त नभएकौ भन्दै मुख्यमन्त्री यामलाल कँडेललाई उजुरी पत्र लेखेका छन् ।
उजुरी पत्रमा सापकोटाले आफ्नो क्षमता, सीप अनुसारको ठाउँमा काम दिन आग्रह गरेका छन् । साथै उनले उक्त ठाउँको सरुवा रद्द गर्न पनि आग्रह गरेका छन् ।
उनले पत्रमा भनेका छन्, ‘मानव संशासन विकास केन्द्रमा मेरो क्षमता अनुसारको काम नहुने र मेरो काम बिरामीको उपचार गर्नु हो । त्यसैले उक्त स्थानमा मेरो सीप प्रयोग नहुने हुँदा उक्त स्थानको सरुवा बदर गरिदिनुहुन अनुरोध गर्दछु ।’
विशेषज्ञ डाक्टरको दरबन्दी नै नभएको ठाउँमा सरुवा भएको भन्दै सामाजिक विकास मन्त्री भण्डारी र प्रदेश सरकारको व्यापक विरोध भइरहेको छ । डाक्टर सापकोटाले आफ्नो सरुवामा नेपाली कांग्रेसका ठुलादेखि आस्था राख्ने व्यक्तिहरुको दबावमा भूमिकाविहीन बनाइएको दाबी गरेका छन् ।
‘मेरो सरुवा भएपनि प्रदेश अस्पतालमा हो, तर त्यहाँ जान नदिएर संशाधनमा रोकियो,’उनको भनाइ छ । त्यसमा कांग्रेस निकट नेता तथा आस्था राख्ने व्यक्तिहरुको स्वार्थ जोडिएको छ । उनको सरुवामा एमाले र माओवादीका नेताहरुले समेत आपत्ति जनाएका छन् । साथै सापकोटाको सरुवा मापदण्ड विपरीत समेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
-
इसेवा र मोबाइल बैंकिङमा समस्या
-
राजधानीमा बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या प्रकरण : आरोपी नातेदार