पहिलो उपाधिको खोजीमा रहेका पेगुला र साबालेन्का यूएस ओपनको फाइनलमा
काठमाडौँ । अमेरिकाकी जेसिका पेगुला र बेलारुसकी आर्यना साबालेन्का वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको महिला एकलतर्फको फाइनलमा प्रवेश गरेका छन् । आर्यना दोस्रो र पेगुला छैटौँ वरीयतामा आसिन खेलाडी हुन् ।
पेगुलाले सेमिफाइनल खेलमा चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई हराएकी हुन् । खेलमा पेगुलाले उत्कृष्ट पुनरागमनसहित नतिजालाई आफ्नो पक्षमा पारिन् । पहिलो सेटको खेलमा मुचोभाले पेगुलालाई १–६ अङ्कले पछि पारेकी थिइन् ।
त्यसपछि लयमा फर्किएकी पेगुलाले दोस्रो र तेस्रो सेटको नतिजालाई क्रमशः ६–४, ६–२ अङ्कले आफ्नो पक्षमा पारेकी थिइन् । ३० वर्षीय पेगुलाले हालसम्म कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्न सकेकी छैनन् । उनी पहिलो पटक यूएस ओपनको फाइनलमा पुगेकी हुन् ।
अन्य ग्रान्डस्लाम प्रतियोगितामा भने उनी क्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् । ‘सेमिफाइनलमा मुचोभालाई हराउन निकै सङ्घर्ष गर्नुपर्यो । मेरा लागि यो निकै ठुलो उपलब्धि हो । अब सम्पूर्ण ध्यान उपाधिमा केन्द्रित गर्नेछु,’ फाइनलमा पुगेपछि उनले भनेकी छन् ।
२६ वर्षीय साबालेन्का भने सेमिफाइनलमा अमेरिकाकी एमा नाभारोलाई हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । नाभारोलाई हराउन साबालेन्काले खासै ठुलो सङ्घर्ष गर्न परेन । उनले नाभारोलाई ६–३, ७–६ (७–२) अङ्कले पराजित गरिन् ।
साबालेन्का पछिल्लो पाँच वर्षयता लगातार दुईपटक यूएस ओपनको महिला एकलतर्फ फाइनलमा पुग्ने दोस्रो खेलाडी पनि बनेकी छन् । यसअघि सन् २०१९ मा चर्चित अमेरिकी खेलाडी सेरेना विलियम्स लगातार दुईपटक यूएस ओपनको फाइनलमा पुगेकी थिइन् ।
साबालेन्काले हालसम्म यूएस ओपनको उपाधि भने जित्न सकेकी छैनन् । उनले ग्रान्डस्लाम प्रतियोगिताको उपाधि भने दुईपटक जितेकी छन् । उनले सन् २०२३ र सन् २०२४ मा अस्ट्रेलियन ओपनको उपाधि चुमेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा