जापानको टोकियो सहरमा ‘गरिमा फिल्म म्युजिक अवार्ड’ हुने

काठमाडौँ । जापानको टोकियो सहरमा ‘गरिमा फिल्म म्युजिक अवार्ड २०२५’ हुने भएको छ । आयोजक गरिमा फिल्मस्ले एक विज्ञप्ति जारी गर्दै अवार्ड २०२५ जनवरी १२ देखि १७ सम्म आयोजना हुने जानकारी दियो ।
नेपाली गीतसंगीतको विकास, विस्तार र प्रवर्द्धनका लागि हुन लागेको अवार्ड एक भव्य समारोहका बिच आयोजना हुनेछ । अवार्डका लागि नेपालबाट चर्चित दुई दर्जन कलाकार जापान पुग्नेछन् । जापान रहेका र अन्य देशबाट पनि कार्यक्रममा कलाकार सहभागी हुनेछन् ।
सन् २०२४ भित्र सार्वजनिक भएका लोक, पप, आधुनिक, राष्ट्रिय लगायत विभिन्न गीतसङ्गीतले अवार्डमा सहभागिता जनाउन सक्नेछन् ।
गायक, गायिका, मोडल, शब्द, सङ्गीत, भिडियो निर्देशन, सम्पादनलगायत थुप्रै विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डले नेपाली गीतसङ्गीतको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने आयोजक गरिमा फिल्मस् प्राली प्रमुख गीतकार गोविन्द भट्टले जानकारी दिए ।
अवार्डको विस्तृत जानकारी र निर्णायक मण्डल केही पछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात