पर्वहरू हाम्रा पहिचान हुन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएका छन् । हरितालिका तिजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तिज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गरे ।
तिजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । सभापति देउवाले हाम्रो समाजमा सौहार्द्रता र एकतालाई मजबुत तुल्याउँदै आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने यी परम्पराले समाजलाई एक साझा फुलवारीका रूपमा प्रतिविम्वित गर्दै आएको बताए ।
उनले तिज पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हट्यो
-
दक्षिण पूर्वी एशियाबाट आउने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१ प्रतिशत ट्यारिफ
-
ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेका छन्: प्रचण्ड
-
प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
-
तीन हजार भन्दा बढी करदाताले बुझाएनन् विवरण
-
घट्यो ट्रम्पप्रतिको जन समर्थन, ट्रम्पले आफूलाई बलियो बनाउँदै लगेपछि चिन्तित जनता