मिडियाको नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा पर्छन् : अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।
गैर जिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राख्दै कारबाही गर्दै आएको उनले बताए ।
आफूलाई मिडियाको परिचय दिई विभिन्न स्वार्थ पुरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन् । समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारबाहीमा परिरहेका छन्, बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भने ।
उनले योजनाबद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले त्यस्ता पत्रकारको कार्ड खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको जानकारी दिए । उनले स्वतन्त्रताको दुरुपयोग गर्ने मिडियाप्रति जनविश्वास नहुने र आफैँ खुम्चिने समेत बताए ।
‘युट्युब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्त्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौँ भन्नेतर्फ हमेसा ख्याल गर्नुपर्छ । त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो । यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ’ नयाँ अनलाइन, युट्युब माध्यमका सञ्चालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराउँदै भने ।
प्रेस काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाई वर्गीकरण गरेको छ । बिना दर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैर जिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ ।
पछिल्लो ३ महिना यता ४९ वटा विभिन्न युट्युब च्यानल काउन्सिलको कारबाहीमा परेका छन् ।
अभिमुखीकरण कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र अनुगमन अधिकृत महेन्द्र सिंहले सञ्चार निर्देशिकाको अवस्थाबारे प्रस्तुति राखेका थिए ।
काउन्सिलले २ वर्षयता अनलाइन सञ्चार माध्यमलाई आचारसंहिता पालनामा केन्द्रित गराउन अभिमुखीकरण कक्षालाई अनिवार्य गराएको छ । साथै, सञ्चारमाध्यमका रूपमा चल्ने युट्युब च्यानललाई समेत दर्ता र पत्रकार आचारसंहिताको कक्षा लिनुपर्ने कार्यविधि बनाई लागू गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
युएसएड निलम्बन रोक्न मस्कलाई न्यायालयको आदेश
-
सगरमाथा संवाद कार्यक्रम : बस्यो निर्देशक समितिको पहिलो बैठक
-
संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ : सेना
-
मोरङको सुकुना क्याम्पसमा वामपन्थीहरू कै बर्चश्व