बिहारका सांसदलाई नेपालबाट ज्यान मार्ने धम्की

पटना । बिहारको अररिया जिल्लाको भारतीय जनता पार्टी (बीजेपी)का सांसद प्रदीपकुमार सिंहलाई नेपालबाट फिरौती र ज्यान मार्ने धम्की आएको छ । उनलाई नेपालको फोन नम्बरबाट सो धम्की आएको भन्दै द न्यु इन्डियन एक्सप्रेसले समाचार छापेको हो । यस विषयमा सिंहले बुधवार प्रहरीमा उजुरी पनि दर्ता गराएका छन् ।
मोबाइल फोनमा फिरौतीको ठुलो रकम मागेर आफूलाई धम्की आएको र रकम नदिए आफ्नो ज्यान मार्ने भनिएको उनले उजुरीमा छन् । बारम्बार फोन गरेर दिएको धम्कीलाई उनले बेवास्ता गरेपछि आफ्नो मोबाइलमा धम्कीपूर्ण म्यासेज आउन सुरु भएको उनले बताए ।
उजुरी अररिया प्रहरीकहाँ दर्ता गराइएको छ । ‘मेरो मोबाइलमा पहिलो फोन अगस्ट २७ मा आएको थियो । तर मैले फोन उठाइन । त्यसपछि उनीहरूले मलाई अररिया जेलमा कैद ग्याङष्टर दिनेश राथोडको रिहाई सुनिश्चित गर्न भन्दै म्यासेज पठाए ।’
त्यसलगत्तै सिंहसँग फिरौती बापत १० लाख भारु मागियो । यस्ता म्यासेजहरूलाई आफूले बेवास्ता गर्ने भएपनि बारम्बार उस्तै खालको म्यासेज आउन थालेपछि आफू आत्तिएको र प्रहरीको सहयोग मागेको उनको भनाई छ । उनलाई धम्की दिने मान्छेले आफ्नो नाम विनोद राथोड बताएका छन् ।
यो आफ्नो अन्तिम चेतावनी भएको र सेकसम्म छिटै मेरो दाजु दिनेश राथोडलाई रिहा गर्नु भनेर धम्की आएको उनले भनेका छन् । यसो गर्न नसकेमा आफूलाई बम, गोली वा ग्रिनेड हानेर अररियामा जुनसुकै ठाउँमा मारिदिने भनेको पनि उनले बताएका छन् । आफूलाई विगतमा पनि दिनेश राथोड र उनका गुन्डाहरूले बारम्बार निशाना बनाएको सिंहको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारा आगलागी अपडेट : पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै
-
करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्याएको अध्यादेश मेरिट सिस्टम विपरीत : अध्यक्ष रेग्मी
-
सत्तारुढ दलकै छैन साथ, अध्यादेश पास गराउने तयारीमा सरकार
-
जसपा नेपालको महाधिवेशनले कहिले पाउला मान्यता ?
-
आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता दिन काठमाडौँ विश्वविद्यालयको निर्देशन
-
भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?