नेविसंघको पहलमा मध्यपश्चिम विश्वविद्यालय र विद्युत् विकास विभागबिच पेइड इन्टर्नसिपको सम्झौता
![नेविसंघको पहलमा मध्यपश्चिम विश्वविद्यालय र विद्युत् विकास विभागबिच पेइड इन्टर्नसिपको सम्झौता](https://npcdn.ratopati.com/media/news/mid-weastern_fbVpGid7Q4.jpg)
काठमाडौँ । सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालय र विद्युत् विकास विभागबिच पेईड इन्टर्नसिपको लागि सम्झौता भएको छ । नेपाल विद्यार्थी सङ्घको समन्वयमा विद्यार्थीहरूलाई पेईड इन्टर्नसिपका लागि सम्झौता भएको हो ।
सम्झौता गरिएसँगै मध्यपश्चिम विश्वविद्यालयका सिभिल, आइडी र हाइड्रो इन्जिनियरिङका विद्यार्थीहरूले विद्युत् विकास विभाग र इण्डाभिजुयल पावर प्रोड्युसर (आईपीपीएस) ले सञ्चालन गर्ने परियोजनामा काम गर्ने अवसर पाउनेछन् ।
नेविसंघले पेईड इन्टर्नसिपको अभियान सञ्चालन गर्दै आएको छन् । विभिन्न निकायसँग समन्वय गरेर विद्यार्थीहरूलाई निश्चित पारिश्रमिक दिएर सीमित समयका लागि काम सिक्ने अवसर प्रदान गर्दै आएको छ ।
यसअघि पुल्चोक इन्जिनियरिङ कलेज, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतका विद्यार्थीहरूलाई पेईड इन्टर्नसिपका लागि सम्झौता गरिएको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरूलाई पढाइसँगै काम सिक्ने अवसर समेत प्रदान हुँदै आएको बताए । त्यसरी काम गर्दै गर्दा विद्यार्थीहरूले निश्चित पारिश्रमिक समेत पाउने हुँदा आर्थिक रूपमा समेत सहज हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता