शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौँ कलिङ महोत्सवमा कला साहित्य विशेष ६० प्यानल

बिहीबार, २० भदौ २०८१, २० : ५८
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ)को तेस्रो संस्करण यही भदौं २२ र २३ गते होटल हिमालय, ललितपुरमा आयोजना हुने भएको छ । दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरूको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डे गर्नेछन् ।

नेपाल: एसियाली कला, संस्कृति तथा साहित्यको प्रवेशद्वार थिम रहेको यस वर्षको महोत्सवले नेपालको संवृद्ध सांस्कृतिक सम्पदा तथा दक्षिण एसियासँगको सम्बन्धलाई जोड दिनेछ ।

कला, साहित्य, सिनेमा, रङ्मञ्च, संगीत, मिडिया, राजनीतिलगायत समसामयिक विधामा छलफल तथा प्रस्तुति रहने यस महोत्सवमा नेपाल तथा भारतका कवि, लेखक, कलाकार तथा विज्ञहरू सहभागी हुँदै आएका छन् । मूलतः दक्षिण एसियाका लेखकहरुको जमघट हुने महोत्सवमा यस पटक पनि नेपाललगायत भारत, भुटान र श्रीलंकाका दर्जनौं लेखकहरू सहभागी हुँदैछन् ।

नेपालबाट नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको आतीथ्यसमेत रहने महोत्सवमा अभि सुवेदी, भुवन ढुंगानालगायत साहित्यकारहरुको उपस्थिति रहने छ ।

त्यस्तै, भारतबाट लेखक उदय प्रकाश, कूटनीतिज्ञ लक्ष्मी मुर्डेश्वर, अर्थशास्त्री तथा लेखक सञ्जीव सान्याल, लेखक गुरुचरण दास जस्ता ख्याती प्राप्त लेखकहरुले सहभागीता जनाउनेछन् ।

आइतबार दोस्रो दिन नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रमुख अतिथिका रूपमा उपस्थिति जनाउने कार्यक्रम छ । महोत्सवमा साहित्य, संगीत, नृत्य, कविता लगायत कलाको प्रदर्शनी हुनेछ ।

केएलएफ(काठमाडौंकी संस्थापक सदस्य तथा निर्देशक रञ्जना निरौलाले महोत्सव साहित्य, संगीत, कला, तथा संस्कृतिमा रुचि राख्नेहरूका लागि जीवनभरी सम्झनलायक अनुभव हुने बताइन् । होटल हिमालयमा आयोजना हुन महोत्सवमा ६० भन्दा बढी सत्रहरू हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप