पाल्हीनन्दनका तत्कालीन वडाध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखतका आधारमा जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पाल्हीनन्दन गाउँपालिका–५ तत्कालीन वडाध्यक्ष तेलीसहित तत्कालनि वडा सदस्य नरेशप्रसाद बढई, सोही वडामा बस्ने रविकुमार खत्री, मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेमसागर चौधरी, बृज भुषण नाथ योगी, नारद कुर्मी, कपिल देव कुर्मी, राधेश्याम बनिया, पशुपति बनिया, सोमै कहार, भगौती चमार, सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री र हरिशंकर बनियाविरुद्ध मुद्दा दायर गरेको छ ।
गैर–नेपाली नागरिकलाई गलत लिखतका आधारमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरु दोषी देखिएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश