डेंगुबाट ४ र नयाँ भाइरस इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु

डेंगुका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराएका हुन् ।
मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेंगु संक्रमण भएको र ७५ जिल्लामा फैलिएको छ । डेंगु नियन्त्रणका लागि सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरू अघि बढाइरहेको मन्त्री पौडेलले बताए । त्यस्तै झाडा पखालाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा ४ जनाको मृत्यु भएको र जसमा एउटै परिवारका ३ जना रहेका छन् । सोको कारण पत्ता लगाउने काम भइरहेको स्वास्थ्यमन्त्री पौडेलले बताए ।
जापनिज इन्सेफलाइटिस नयाँ प्रकोपका रूपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको उनले बताए । उनले जापनिज इन्सेफलाइटिसको शंकास्पद केसको सङ्ख्या ६२७ रहेको छ । त्यस्तै २८ जनामा पुष्टि भइसकेको पनि मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने योजनाअनुसार अघि बढिरहेको बताए । उनले सिंहदरबार वैद्य खानालाई थप स्तरोन्नति गरी २० किसिमका आधारभूत आयुर्वेदिक औषधिको उत्पादन गर्नेगरी काम शुरु गरिएको जानकारी दिए । उनले वीर अस्पतालमा सुविधा सम्पन्न जलन उपचार वार्ड सञ्चालनमा ल्याइने गरी तयारी गरिरहेको बताए । जलन उपचार सेवामा १ लाख दिने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गरेको उनले बताए ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जापनिज इन्सेफलाइटिसमा नियमित खोप कार्यक्रम सञ्चालन गरेको बताए । उनले प्रकोप भएका बेलामा खोप लगाउन नहुने जानकारी गराएको पनि बताए । छुटेको र पाँच वर्षसम्मको बालबालिकालाई खोप लगाइरहेको उनले बताए । बंगुर र हाँस पालनबाट जापनिज इन्सेफलाइटिस देखिएको उनले उल्लेख गरे । लामखुट्टेबाट आयो भनेपनि सुँगुर, बँगुर र हाँस पालनबाट आएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती : सेना
-
जुम्लामा स्याउ रोप्दै विप्लव
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे