संघीयताको नाममा कर्मचारीलाई ‘घर न माइती’ को अवस्थामा पुर्याइयो : चित्रबहादुर केसी

काठमाडौँ । सांसद चित्रबहादुर केसीले संघीयताको नाममा कर्मचारीलाई ‘घर न माइती’को अवस्थामा पुर्याएको भन्दै आलोचना गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संघीयताका नाममा कर्मचारीहरूलाई चपेटामा पार्ने काम भएको बताए ।
उनले भने,‘देश संघीयतामा गएको भन्ने तर केन्द्रले नै सबै अधिकार लिने हामी कस्तो प्रणालीमा गएका छौँ ? यो काम नभएको संघीयताको घाँडो कसले बोकाएको हो ? अहिले कर्मचारीहरू घर न माइतीको अवस्थामा पुगेका छन् । कर्मचारी प्रणालीप्रति विश्वस्त हुन सकेका छैनन् । कसको समर्थन गर्दा जागिर जोगिन्छ, कसको विरोध गर्दा जागिर जान्छ भन्ने डरको अवस्थामा छन् ।’
उनले देशमा कर्मचारी व्यवस्थापन अव्यवहारिक ढंगले गर्न नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म