युएई सरकारले दियो अवैध कामदारलाई घर फर्किन दुई महिनाको समय
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रूपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरूलाई स्वदेश फर्कन वा वैधानिक भई बस्न दुई महिनाको समय दिएको छ । सेप्टेम्बर १ तारिखदेखि अक्टोबर ३० तारिखसम्म लागू हुने गरी युएई सरकारले एम्नेष्टी आदेश जारी गरेको हो ।
विगतमा वर्किङ वा भिजिट भिसामा युएई गएर रन वे (भागेका) वा ओभर स्टे भई जरिवाना वा अध्यागमन समस्या रहेकाहरूलाई एमनेस्टीको सेवा लिन आग्रह गरेको छ ।
अबुधावीस्थित नेपाली राजदूतावासले त्यस्ता नेपालीहरूलाई नेपाल फर्किन वा वैध भई यूएईमै बस्न तोकिएको प्रक्रिया पुरा गर्न भनेको छ । तोकिएको प्रक्रिया पुरा गरेर वैधानिक रूपमा युएईमा नै रहन वा नेपाल गई पुनः युएई आउन सक्ने कानुनी आधार निर्माण गर्न दूतावासले अनुरोध गरेको हो ।
दूतावासले एम्नेष्टी कार्यक्रममा गैरआवासीय नेपाली संघ, युएईमा रहेका नेपालीका सामाजिक सङ्घसंस्था तथा सञ्चारकर्मीलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।
विगतमा पनि युएई सरकारले अवैधानिक विदेशी लक्षित गरेर एम्नेष्टीका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । युएई अध्यागमनबाट प्रक्रिया पूरा गर्नेले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र पाउने छन् । तर, हवाई टिकट भने आफैँले व्यवस्था गर्नुपर्नेछ । एकतर्फी यात्रा अनुमति पत्र पाएकाले १४ दिनभित्र युएई छोड्नुपर्ने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथिकै हमला : महासचिव गुरुङ
-
लगातार दोस्रो खेलमा नेपालको हार
-
भारतले नेपाललाई दिने अनुदान रकम यथावत्
-
के रङ्गमञ्च पनि मिडिया हो ?
-
इप्पान र प्रोक्लाइम इन्डियाबिच कार्बन उत्सर्जन कम गरेबापत हाइड्रोपावरले पाउने रकम भित्र्याउन सम्झौता
-
विदेशमा ठुला काण्ड गर्ने चटकेहरु ठुलो नेता बन्छु भन्दै लागेका छन् : उपप्रधानमन्त्री सिंह