एभरेष्ट महिला भलिबल लिग : तेक्वान्दोकी आयशा ललितपुर क्विन्सको सद्भावना दूत

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करणमा ललितपुर क्विन्सले चर्चित तेक्वान्दो खेलाडी आयशा शाक्यलाई आफ्नो सद्भावना दूत बनाएको छ । आयशा दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता खेलाडी हुन् ।
‘ललितपुर क्विन्ससँग जोडिन पाउँदा निकै खुशी लागेको छ । त्यसमाथि भलिबल देशको राष्ट्रिय खेल पनि हो । म ललितपुरमै जन्मिएर हुर्किएकी हुँ । आज ललितपुर क्विन्ससँग जोडिनु मेरो लागि सौभाग्य र गौरवको क्षण पनि हो,’ आयशाले भनेकी छन् ।
आयशालाई टोलीमा स्वागत गर्न पाउँदा आफूहरु उत्साही भएको ललितपुर क्विन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण आगामी असोज १४ देखि असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त प्रतियोगितामा ललितपुर क्विन्स राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित लिबेरो सलिना श्रेष्ठको कप्तानीमा ओर्लने छ । टोलीको प्रशिक्षकमा उत्सव खड्का रहेका छन् । टोलीका अन्य खेलाडीमा पुनम चन्द, कामना विष्ट,साफिया पुन,निशा चौधरी,अनुषा चौधरी,नेहा चौधरी र भावना तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली