मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको संसद् बैठक २६ गतेदेखि बस्ने, के सभामुख फेरिएलान् ?

बिहीबार, २० भदौ २०८१, १६ : ३८
बिहीबार, २० भदौ २०८१

पोखरा । सत्ता गठनबन्धनको फेरबदलले लामो समय रोकिएको गण्डकी प्रदेशको संसद् बैठक भदौ २६ गतेदेखि बस्ने भएको छ । सरकारमा एमाले सहभागी भएपछि बैठक डाकिएको हो । 

आगामी बैठकमा केही कानुनहरु संशोधनको तयारी छ भने केही नयाँ कानुन पनि टेबुल गर्ने तयारी छ । दलहरुबिच कुरा नमिल्दा गण्डकीको संसद् नै बन्धक बनेको थियो । 

२६ गते २ बजेका लागि बैठक डाकिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । स्रोतका अनुसार एमालेले सभामुख समेत फेर्नुपर्ने बताएको छ । 

‘बैठकहरूमा अनौपचारिक कुरा उठेको छ । तर अहिले नै फेर्न उचित नहुने निष्कर्ष छ,’ एक नेताले भने, ‘बेमौसममा यस्ता बाजा बजाउने हैन । समीकरण कसरी जान्छ त्यसपछि निर्णय होला ।’ सभामुख माओवादीबाट बनेका हुन् । 

यस्तै समितिको सभापति पनि हेरफेर हुनुपर्छ । सामान्यतः सार्वजनिक लेखा समितिका सभापति प्रमुख प्रतिपक्षी दललाई दिने चलन छ । गण्डकीमा यसअघि प्रमुख प्रतिपक्षी रहेको एमालेका सुधीर पौडेल सभापति छन् । 

पछिल्लो समिकरणपछि माओवादी प्रमख प्रतिपक्षी दल बनेको छ । ‘समितिले सभापति चलाउनुपर्छ । अहिले एमालेसँग छ । अब माओवादीले लेखा समिति पाउँछ,’ सांसदहरूले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप