वर्तमान सरकार माफिया र दलालहरूले नै बनाएको हो : ओली
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले वर्तमान सरकार दलाल पुँजीपतीहरुले नै बनाएको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान ओली सरकार माफिया र दलालहरूले बनाएको दाबी गरेका हुन् ।
उनले भने, ‘यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तत्थ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन बनाउन एकजना दलाल पुँजीपतिको नामै किटान गरेर आफू नेतृत्वको सरकार निर्माणमा उहाँहरूको ठूलो हात रहेको बताएका थिए ।’
आगामी मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुन गइरहेको पार्टीको एकता महाधिवेशनबारे जानकारी दिन सो पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा उनले आफूहरूले वर्तमान संविधानलाई नमाने पनि यसमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशीतालगायतका उपलब्धिहरुलाई सरकार समाप्त गर्नतर्फ उद्धत रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गरे ।
विश्व परिघटनाबारे बोल्दै ओलीले आफ्नो पार्टी प्यालेस्टाइन् जनताको पक्षमा रहेको स्पष्ट पारे । युक्रेन र रसियाबीचको लडाई साम्राज्यवादी स्वार्थको उपज रहेको उनको दाबी थियो । त्यहाँ देखिनलाई यूक्रेन देखिए पनि त्यो वास्तबमा अमेरिका र रसियाबीचकै युद्ध रहेको ओलीको भनाई थियो ।
पत्रकार सम्मेलनको सञ्चालन पार्टीका कार्यालय सदस्य तथा महाधिवेशन प्रचार प्रसार समितिका संयोजक राम सिंह श्रीसले गरेका थिए । कार्यक्रममा पार्टीका कार्यालय सदस्य सिताराम तामाङलगायत केन्द्रीय तहका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन