वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक : उपाध्यक्ष सापकोटा
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष सापकोटाले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन जरुरी रहेको बताए । उनले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताए । उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकताबद्ध अघि बढ्न आवश्यक रहेको बताए । उनले नेपाल नेपालीहरूको भएकाले नेपालीहरूले नै चलाउनुपर्ने बताए ।
उनले भने, ‘ हामीले फेरि एक पटक वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्ने आवश्यक छ । हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ । नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षको हैसियतले जोडदार रूपमा के अपिल गर्दछु भने राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक छ ।’
उपाध्यक्ष सापकोटाले अहिले विश्वयुद्धको खतरा मडारिरहेको भन्दै त्यो आँधीबेहरीका लागि तयार हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति