बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बिहानदेखि बेलुकासम्म केही नखाँदा हुन सक्छन् यी ७ गम्भीर समस्या

तपाईँले पनि यो गल्ती गरिरहनु भएको त छैन ?
बिहीबार, २० भदौ २०८१, १२ : ५२
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । कहिलेकाहिँ व्यस्त तालिकाका कारण हामीमध्ये धेरैले खाना वा खाजा खाँदैनौँ । यस्तो धेरै पटक हुन्छ । हाम्रो शरीरलाई राम्रोसँग काम गर्न नियमित पोषक तत्त्व चाहिन्छ । बिहानदेखि बेलुकासम्म केही नखाने अर्थात् व्रत बस्दा यसले शरीरमा धेरै प्रभाव पार्न सक्छ । यो प्रभाव व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र उपवासको अवधिमा निर्भर गर्दछ । दिनभर केही नखाँदा शरीरमा के–के हुन्छ ?

दिनभर भोकै बस्दा हुने बेफाइदाहरू यस्ता छन्ः

ग्लुकोज घट्छ

लामो समयसम्म केही नखाँदा शरीरमा रहेको ग्लुकोजको मात्रा बिस्तारै कम हुन थाल्छ । ग्लुकोज ऊर्जाको प्राथमिक स्रोत हो र यसको कमीले शरीरमा थकान र कमजोर महसुस हुन थाल्छ । ग्लुकोजको स्तर धेरै कम भयो भने यसले हाइपोग्लाइसेमिया निम्त्याउन सक्छ । यसमा व्यक्तिलाई चक्कर लाग्ने, पसिना आउने र बेहोस हुने लक्षण देखिन्छ ।

सुस्त हुन्छ मेटाबोलिज्म दर

शरीरले खाना नपाएपछि ऊर्जा बचाउन यसले मेटाबोलिक दरलाई सुस्ता पारिदिन्छ । यसको अर्थ हो शरीरले ऊर्जा खपत कम गर्न धेरै प्रक्रियाहरूलाई ढिलो गरिदिन्छ । क्यालोरी बर्न रेट कम हुन्छ । लामो समयको व्रत बस्दा वा भोकै भएको समयमा शरीरले ऊर्जा जोगाएर राख्ने यो प्राकृतिक प्रक्रिया हो ।

केटोसिसको अवस्था

लगातार व्रत बस्दा शरीरमा ग्लुकोजको कमी कारण ले केटोसिस हुन्छ । यस अवस्थामा शरीरले बोसोलाई टुक्रयाएर किटोन्स उत्पादन गर्दछ, जसले ऊर्जाको रूपमा काम गर्छ । केटोसिसमा शरीरको बोसोको उपयोग हुने भएकोले तौल पनि घट्न सक्छ । तर यो अवस्था लामो समयसम्म जारी रह्यो भने यसले मस्तिष्क र शरीरका अन्य अङ्गहरूमा नकारात्मक प्रभाव पार्न सक्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव

भोकले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि असर गर्छ । भोकले चिडचिडेपन बढाउँछ, तनावग्रस्त बनाउँछ र ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ । लामो समयसम्म भोको बस्दा चिन्ता र डिप्रेसनको जोखिम बढ्न सक्छ ।

हाइड्रेशनको कमी

तपाईंले बेला बेलामा पानी पिइरहनु भएको छ भने पनि लामो समयसम्म खाना नखाँदा शरीरमा इलेक्ट्रोलाइट्सको कमी हुन थाल्छ । यसले निर्जलीकरण र इलेक्ट्रोलाइट असन्तुलन निम्त्याउँछ । यस्तोमा मांसपेशी बाउँडिने, कमजोरी बढ्ने र थकान जस्ता समस्या निम्तिन्छ ।

प्रतिरक्षा शक्तिमा प्रभाव

व्रत बस्दा शरीरलाई आवश्यक पोषक तत्त्व प्राप्त हुँदैन, जसका कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । यसको मतलब शरीरको सङ्क्रमण र रोगहरूसँग लड्न सक्षम घट्छ ।

बिहानदेखि बेलुकासम्म केही नखाने वा लामो समयसम्म व्रत बस्दा शरीरमा धेरै असर पर्न सक्छ । सही तरिकाले र सही समयमा गरियो भने उपवासले तौल घटाउन र मेटाबोलिज्ममा सुधार जस्तास्वास्थ्य लाभहरू हुन सक्छन् । तर यसको नकारात्मक प्रभावहरूलाई पनि बेवास्ता गर्न सकिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप