टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : ट्राभिस हेडसँगै अस्ट्रेलियाले पनि बनायो रमाइलो विश्व कीर्तिमान

काठमाडौँ । अहिले अस्ट्रेलियाको क्रिकेट टोली स्कटल्यान्डको भ्रमणमा छ । स्कटल्यान्ड भ्रमणका क्रममा अस्ट्रेलियन टोलीले तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ ।
शृंखलाअन्तर्गतको पहिलो खेलमा अस्ट्रेलियाले घरेलु टोली स्कटल्यान्डलाई ६ विकेटले हरायो । जितसँगै भ्रमणकारी टोली अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता पनि हासिल गर्यो ।
त्यो खेलमा अस्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेडले एउटा गजबको विश्व कीर्तिमान पनि बनाएका छन् । टस हारी पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नौ विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ९.४ ओभरमै तीन विकेट गुमाएर एक सय ५६ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले ८० रनको योगदान गरे ।
ट्राभिस हेडले केवल २५ बलको सामना गरी पाँच छक्का र १२ वटा चौका हिर्काए । उनको ‘स्ट्राइक रेट’ ३२०.०० रहेको थियो । उनले ‘पावर प्ले’ को अवधिमै केवल २२ बलमा ७३ रन बनाएका थिए ।
यो उपलब्धिसँगै ट्राभिस हेडले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा ‘पावर प्ले’ अवधिभित्र सबैभन्दा बढी एकल रन बनाउने खेलाडीको कीर्तिमान पनि रचेका छन् ।
यसअघि यो कीर्तिमान आयरल्यान्डका पल स्टर्लिङको नाममा रहेको थियो । स्टर्लिङले सन् २०२० मा खेलिएको वेस्ट इन्डिजविरुद्धको खेलमा ‘पावर प्ले’ अवधिभित्र २५ बलमा ६७ रन बनाएका थिए ।
ट्राभिस हेडसँगै स्टकल्यान्डविरुद्धको पहिलो खेलमा अस्ट्रेलियन टोलीले पनि विश्व कीर्तिमान बनायो । खेलमा अस्ट्रेलियाले ‘पावर प्ले’ अवधिमै केवल एक विकेट गुमाएर एक सय १३ रन बनाएको थियो ।
हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले ‘पावर प्ले’ अवधिमा यति धेरै रन बनाउन सकेको थिएन । अस्ट्रेलियाले दक्षिण अफ्रिकाको नाममा रहेको कीर्तिमान तोडेको हो ।
यसअघि सन् २०२३ मा दक्षिण अफ्रिकाले क्यारेबियन टोलीविरुद्ध यो कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यो खेलमा दक्षिण अफ्रिकाले ‘पावर प्ले’ अवधिमै एक सय दुई रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’