राज्यव्यवस्था तथा सुशासन समिति
प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा मन्त्रीसँग जवाफ माग
बिहीबार, २० भदौ २०८१, १२ : ३०
१
![प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा मन्त्रीसँग जवाफ माग](https://npcdn.ratopati.com/media/news/durga-rai_ajttEkpM5H.jpg)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गरेकी छिन् ।
बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाइन् ।
उनले नगरपालिकाको मेयरको राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ ? भन्दै प्रश्न गरिन् । राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री गुप्तासँग जवाफ मागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल