आरबीबी म्युचुअल फन्डको लाभांश घोषणा
बिहीबार, २० भदौ २०८१, १२ : १५

काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ ।
आज बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा गरेको हो । बैठकले आरबीबी म्युचुअल फन्ड १ को करसहित ३.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
आरबीबी म्युचुअल फन्ड–२ को करसहित ८.७४ प्रतिशत नगद लाभांशको निर्णय भएको जनाइएको छ ।
भदौ ३१ गते फन्डको बुक क्लोज मिति तय गरिएको छ । यसअनुसार भदौ ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल