बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

चौका र छक्काको वर्षासँगै तोडिए यी रेकर्ड

बिहीबार, २० भदौ २०८१, १२ : ०८
बिहीबार, २० भदौ २०८१

एडिनब्र ।  ओपनर ट्राभिस हेडको विस्फोटक ब्याटिङको मद्दतले अस्ट्रेलियाले स्कटल्याण्डलाई पहिलो टी–२० खेलमा ७ विकेटले हराएको छ । बुधबार भएको खेलमा स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य अस्ट्रेलियाले १० ओभर अगावै मात्र ३ विकेटको क्षतिमा पछ्याएको हो । 

हेडले मात्र २५ बलमा ८० रनको शानदार इनिङ्स खेले । यस क्रममा थुप्रै रेकर्डहरू तोडिएका छन् ।

  • ६२ – अस्ट्रेलियाले स्कटल्याण्डविरुद्ध १ सय ५५ रनको लक्ष्य सफलतापूर्वक पछ्याउने क्रममा बाँकी रहेको बलको सङ्ख्या । पुरुष टी–२० अन्तर्राष्ट्रियमा १ सय ५० रनभन्दा बढीको लक्ष्य पछ्याउने क्रममा बल बाँकी भएको आधारमा सबैभन्दा ठुलो जित हो । यसअघि सबैभन्दा ठुलो अन्तर ४३ बलको थियो । सन् २०२१ मा रोमानियाले ग्रिसविरुद्ध १ सय ५८ रनको लक्ष्य १२.५ ओभरमा पछ्याएको थियो ।

अस्ट्रेलियाको ६२ बलको जित सबै टी–२० खेलहरूमा १५० रनभन्दा बढीको लक्ष्य पछ्याउने क्रममा सबैभन्दा ठुलो जितको रेकर्ड बराबरी पनि हो । पछिल्लो आईपीएलमा सनराइजर्स हैदाराबादले लखनउ सुपर जायन्ट्सले १ सय ६६ रनको लक्ष्य पछ्याएको थियो ।

त्यस्तै, पुरुष टी–२० अन्तर्राष्ट्रियमा १० ओभरभित्र कुनै पनि टोलीले १० ओभरभित्र पछ्याएको सबैभन्दा ठुलो लक्ष्य हो । सबै टी–२० खेलहरूमा पनि दुई टोलीले मात्र १० ओभरभित्र योभन्दा ठुलो लक्ष्य पछ्याएको छ ।

  • ११३/१ – पावरप्लेमा अस्ट्रेलियाले बनाएको रन । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले बनाएको दोस्रो ठुलो स्कोर हो । सन् २०२१ मा रोमानियाले सर्बियाविरुद्ध ५.४ ओभरमा कुनै पनि विकेट नगुमाई १ सय १६ रन बनाएको थियो ।
  • ७३ – ट्राभिस हेडले पावरप्लेमा बनाएको स्कोर । टी–२० अन्तर्राष्ट्रियमा पावरप्लेभित्र कुनै पनि ब्याटरले बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि सन् २०२० मा पाउल स्टर्लिङले वेस्ट इन्डिजविरुद्ध ६७ रन बनाएका थिए ।
  • १६ – हेडले पावरप्लेमा हिर्काएको बाउन्ड्रीको सङ्ख्या । टी–२० अन्तर्राष्ट्रियमा यो एउटा रेकर्ड हो । यसअघि कोलिन मुनरोले सन् २०१८ मा वेस्ट इन्डिजविरुद्ध १४ वटा बाउन्ड्री प्रहार गरेका थिए ।
  • ९७.५ – हेडले बाउन्ड्रीमा रन बनाएको प्रतिशत । उनको बनाएको ८० रन मध्ये ७८ रन बाउन्ड्रीमा आएको थियो । यसमा १२ चौका र ५ छक्का समावेश छन् । पुरुष टी–२० अन्तर्राष्ट्रियमा ५० रन वा सोभन्दा बढी बनाउँदा यो दोस्रो धेरै प्रतिशत हो । यसअघि सन् २०१९ मा अस्ट्रियाका मिर्जा अहसनले ५१ रन बनाउँदा ५० रन बाउन्ड्रीबाट जोडेका थिए । त्यतिबेला यो प्रतिशत ९८.०४ रहेको थियो ।
  • २४ – पावरप्लेमा अस्ट्रेलियाले हिर्काएको बाउन्ड्रीको सङ्ख्या । अन्तिम २.२ ओभरमा टोलीले लगातार १४ बाउन्ड्री प्रहार गरेको थियो । कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रियको पावरप्लेमा हिर्काएको सबैभन्दा धेरै बाउन्ड्री हो । सन् २०२१ मा रोमानियाले सर्बियाविरुद्ध २१ वटा बाउन्ड्री हिर्काएको थियो ।

सबै टी–२० का लागि पनि यो कीर्तिमानको बराबरी हो । अघिल्लो आईपीएलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध यो रेकर्ड बनाएको थियो ।

mitchell marsh

  • १९.९४ – हेड र मिचेल मार्सबिच दोस्रो विकेटका लागि भएको साझेदारका दौरान रन रेट । ५.४ ओभरमा दुईले १ सय १३ रन बनाएका थिए । टी–२० अन्तर्राष्ट्रियमा दोस्रो ठुलो रन रेटको रेकर्ड हो । यसअघि, रोमानियाका रमेश सथिसन र तरनजितसिंहले सर्बियाविरुद्ध पहिलो विकेटका लागि ५.४ ओभरमा २०.४७ को रन रेटले १ सय १६ रन जोडेका थिए ।
  • १७ – हेडलाई अर्धशतक बनाउन लागेको बलको सङ्ख्या । अस्ट्रेलियाका लागि टी–२० अन्तर्राष्ट्रियमा यो सबैभन्दा चाँडो अर्धशतकको रेकर्डको बराबरी हो । सन् २०२२ को टी–२० विश्वकपमा मार्कस स्टोइनिसले श्रीलंकाविरुद्ध १७ बलमा अर्धशतक बनाएका थिए ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप