शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

ओलीलाई प्रचण्डको जवाफ– ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्’

बिहीबार, २० भदौ २०८१, ११ : ४३
बिहीबार, २० भदौ २०८१

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । 

ओलीले पार्टीको बैठकमा ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ अभिव्यक्ति दिएपछि प्रचण्डले पनि ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्’  भन्ने जवाफ फर्काएका हुन् । 

 प्रचण्डले छलकपट गर्न खोजेको चाल पाएपछि आफूले कांग्रेससँग सहकार्य गरेको भन्दै उनलाई ‘राउन्ड किक’ हानेर सरकारबाहिर पठाएको ओलीले पोलिटब्युरो बैठकमा बताएका थिए । 

सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । 

प्रचण्डले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

जनयुद्धलाई ‘हिंसा’को रूपमा व्याख्या गरिएकोतर्फ इङ्गित गर्दै अध्यक्ष प्रचण्डले संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप