एआईजी ज्ञवालीलगायतले दायर गरेको रिटको पेसी न्यायाधीश मल्ल र चुडालको इजलासमा

काठमाडौँ । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीलगायत प्रहरी अधिकारीले दायर गरेको रिटमा दोस्रो सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो । ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय किताबखानालाई विपक्षी बनाउँदै रिट दर्ता गरेका थिए ।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ १३ गते कारण देखाऊ आदेशसहित लिखित जवाफ मगाएको थियो । न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश गरेको हो ।
विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन् । बिहीबारको सुनुवाइले अन्तरिम आदेश जारी हुने वा नहुनेबारे निर्णय लिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
-
ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !
-
ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
-
युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना