लुम्बिनी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने

बुटवल । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बस्ने भएको छ । सो दिन लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
सो बैठकमा प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्ने सम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।
यसअघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको थियो । प्रतिवेदन सहितको विधेयक पास गर्ने तयारी गरिए पनि विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।
प्रदेशसभाबाट पास हुनुपर्ने तर, अझैसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्ति विकासमा असर परेको भन्दै दिनहुँ ज्ञापन पत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेशसभाका अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम चलिरहेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?