पशुपति कोटीहोमसँग जोडेर अध्यक्ष खड्कामाथि आर्थिक हिनामिनाको आरोप लागेपछि...
काठमाडौँ । शाही युवा शक्ति नेपालले अध्यक्ष पशुपति खड्कामाथि आर्थिक हिनामिनाको आरोप लगाउँदै गरिएको चरित्र हत्या र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति खेद प्रकट गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै सो सङ्गठनले अध्यक्ष खड्कामाथि भएको सो घटनाप्रति खेद प्रकट गरेको हो ।
साउन १ गतेदेखि ३२ गतेसम्म आयोजित पशुपति कोटीहोम महायज्ञसँग जोडेर केही व्यक्तिहरूले अध्यक्ष खड्कामाथि आर्थिक हिनामिना र भौतिक आक्रमणको धम्की दिएको सो सङ्गठनले जनाएको छ ।
सो सङ्गठनले उक्त घटनाको छानबिन गरी सम्बन्धित व्यक्तिहरूलाई कारबाही गर्न समेत सरकारसँग माग गरेको छ ।
कोटीहोम महायज्ञ व्यवस्थापन समिति र शाही युवा शक्ति नेपालबिच सहमति भई केही युवाहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिएको थियो । स्वयंसेवकका रूपमा खटिएका असन्तुष्ट युवाहरूले सो सङ्गठनसँग पारिश्रमिक मागेका थिए । तर शाही युवा शक्ति नेपालले कसैलाई कामदारको रूपमा पैसा दिनेगरी नखटाइएको स्पष्ट पारेको छ ।
सो सङ्गठनले स्वयंसेवकका रूपमा प्रवेश गरेका केही भिजिलान्तेहरुले आर्थिक प्रलोभनमा परेर अध्यक्ष खड्का र सङ्गठनमाथि आर्थिक हिनामिनाको आधारहीन आरोप लगाउँदै चरित्र हत्या र भौतिक आक्रमणको धम्की दिएको जनाएको छ ।
सो सङ्गठनले कुनै आर्थिक चलखेलमा नलागी इमानदारी र समर्पणका साथ देश र जनाको लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत विज्ञप्तिमार्फत जनाएको छ ।
त्यस्तै कोटीहोम महायज्ञ आयोजना गर्ने श्री मानवसेवा फाउन्डेसन नेपालले पनि शाही युवा शक्ति नेपालका अध्यक्षले लाखौं रुपैयाँ रकम लिएको भन्ने जस्ता झुटा आरोप लगाइएको खबर असत्य भएको बताएको छ । यद्यपि अध्यक्ष खड्कालाई यातायात खर्च र सञ्चार खर्चबापत १ लाख १० हजार रुपैयाँ उपलब्ध गराइएको फाउन्डेसनले जानकारी दिएको छ ।
यसबाहेक खड्का र सो संस्थाले अन्य लाखौं रकम लगेको भन्ने कुरामा सत्यता नभएको फाउन्डेसनले स्पष्ट पारेको छ । निःशुल्क रूपमा स्वयंसेवा गर्ने दुई पक्षीय सहमति अनुसार युवाहरूलाई स्वयंसेवकको रूपमा खटाइएको समेत फाउन्डेसनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)