सरकारले राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गर्यो : प्रधानमन्त्री ओली
![सरकारले राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गर्यो : प्रधानमन्त्री ओली](https://npcdn.ratopati.com/media/news/kp_gKgFxQP5HF.jpg)
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् । बुधबार पार्टी मुख्यालय च्यासलमा पोलिटब्युरो बैठक समापन समारोहमा बोल्दै उनले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गरेको एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए ।
प्रधानमन्त्री ओलीले सरकारप्रति जनताको विश्वास बढ्दै गएको भन्दै त्यसलाई अझै उचाइमा पुर्याउन सरकार लागिपर्ने बताएको गौतमले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा कुनैपनि खाले निरंकुश, अराजक, अनुशासनहीनता स्वीकार्य नहुने कुरा पनि बताएको गौतमले बताए ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेको बिचमा सहमति गरेर मुलुकको स्थायित्व, स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने जो काम गरेर जनतालाई आश्वास्त गर्ने काम गरेका छौँ । सरकार जनताप्रति विश्वस्त छन् भन्नुभएको छ । अहिले समाजमा भएका जुन खालका अराजकता, अनुशासनहीनता बढिराखेको छ । हामी नागरिक सर्वोच्चता चाहन्छौँ । विधिको शासन मान्छौँ ।’
अध्यक्ष ओलीले मुलुकलाई समृद्ध नेपाल: सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता