शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा हामफालेकी अञ्जली मृत फेला

बुधबार, १९ भदौ २०८१, १९ : ४९
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । लतिलपुरको च्यासल नजिकै दोभान पुलबाट बागमती नदीमा हामाफालेकी २० वर्षीया युवती मृत फेला परेकी छन् । अञ्जली शर्माको शव मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–९ मा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

भदौ १६ मा बेलुका ७ बजेतिर ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलबाट रुकुम मुसिकोट घर भएर बालकुमारी बस्ने शर्माले हामफालेकी हुन् । मकवानपुरको बागमती गाउँपालिकास्थित बेतिनी गैरिगङ्गामा भेटिएको शव परिवारले सनाखत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप