आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

रामराज्यको सातौँ श्रृंखला : ‘हिउँ’ र ‘आगो’को देश आइसल्यान्डमा न्यून अपराध

बुधबार, १९ भदौ २०८१

 काठमाडौँ । रातोपाटीको साप्ताहिक कार्यक्रम ‘रामराज्य’को सातौँ श्रृंखलामा आइसल्यान्डमा न्यून अपराध हुने गरेकोबारे सामाग्री प्रस्तुत गरिएको छ ।

आइसल्यान्डको न्यून अपराध दरमाथि केन्द्रित कार्यक्रममा न्यून अपराध सम्भव हुनुको कारण, त्यहाँको समाज, इतिहास र वर्तमान बुझाउने प्रयास गरिएको छ ।

हरेक बुधबार राति ७ बजे रातोपाटी टिभीमा प्रसारण हुँदै आएको ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने सिलसिलामा सातौँ शृङ्खलामा प्राकृतिक रूपमा सम्पन्न आइसल्यान्डले बनाएको न्यून अपराध हुने मुलुकको पहिचानको चर्चा गरिएको हो ।

कदाचित हत्या, हिंसालगायत जघन्य अपराध भएमा आइसल्यान्डमा वर्षौँसम्म चर्चा भइरहन्छ । युरेसिया र उत्तर अमेरिकी टेक्टोनिक प्लेटको मध्य भागमा पर्ने यो देशमा भूकम्प र ज्वालामुखी गइरहने भएकाले यसलाई ‘हिउँ’ र ‘आगोको देश’ भनेर चर्चा पनि गरिन्छ ।

यसअघि गत बुधबार प्रसारित छैटौँ शृङ्खलामा विश्वको समृद्धिशाली मुलुक जापानको प्रगति र यसको पासपोर्टले दुनियाँभर कमाएको प्रतिष्ठा सम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो । ‘शक्तिशाली पासपोर्ट’को परिचय बनाएको मुलुकले दोस्रो विश्वयुद्धपछि गरेको आर्थिक चमत्कार, अपनाएको सन्तुलित परराष्ट्र नीति, अन्तर्राष्ट्रिय जगतमा सहयोग र विश्व शान्तिप्रतिको प्रतिबद्धता के कसरी सम्भव भयो भन्ने विषयमा समावेश गरिएको थियो ।

रामराज्यको पाँचौँ शृङ्खलामा स्विट्जरल्यान्डको विकास मोडल, चौथो शृङ्खलामा  दुनियाँलाई चकित पार्ने क्युबाको स्वास्थ्य क्रान्तिको फेहरिस्त, तेस्रो शृङ्खलामा फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह, दोस्रो शृङ्खलामा ब्राजिलले कृषिमा गरेको हरित क्रान्ति र पहिलो शृङ्खलामा चीनले ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकास सम्बन्धी सामाग्री प्रस्तुत गरिएको थियो ।

कार्यक्रम  ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने गरिन्छ । त्यस क्रममा विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर कार्यक्रम ‘रामराज्य’ प्रसारण गर्ने गरिएको हो ।

१२ शृङ्खलासम्म प्रस्तुत गरिने यो कार्यक्रममा रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् भनेर १२ शृङ्खलामा १२ देशको कथा समेटिने रातोपाटीले जनाएको छ । विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया