वामपन्थी मोर्चाबन्दी हुँदैन, सरकार भ्रष्टाचार सहँदैन : प्रधानमन्त्री ओली
_YggSqsjnAE.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनैपनि किसिमका भ्रष्टाचार नसहने बताएका छन् ।
एमाले पोलिटब्युरो बैठकको बुधबार समापन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचारको न्यूनीकरण गर्न एमाले र एमाले नेतृत्वको सरकारले चाहेको र भ्रष्टाचारका विषयमा कुनै कम्परमाइज गर्ने पक्षमा नरहेकाे बताएका हुन् ।
‘सरकार र एमाले पार्टीले कुनैपनि भ्रष्टाचार सहँदैन । भ्रष्टाचार न्यूनीकरण गर्न सरकार कुनै कसर बाँकी राख्दैन’, ओलीको भनाइ उधृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले वामपन्थीका नाममा कुनै मोर्चा वा गठबन्धन पनि बन्दैन ।’
साथै बैठकमा ओलीले आफू नेतृत्वको सरकारले तुइन विस्थापित गरेको, चीनसँग अनेकौँ नाका जोडेको, अप्टिकल फाइवर विच्छ्याएको, सडकबाट बालबालिका हटाएको, सामाजिक सुरक्षा भत्ता हामीले नै वृद्धि गरेको, कर्मचारीको तलब वृद्धि पनि गरेको भन्दै आफ्ना कामको व्याख्या गरेका थिए । ‘त्यसैले एमाले दलाल पुँजीपति वर्गको संरक्षणमा लाग्दैन, राष्ट्रिय पुँजी र उत्पादन बढाउन चाहन्छ’,ओलीको भनाइ थियो ।
महासचिव शंकर पोखरेलले बैठकमा पेस गरेको ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’,माथि पोलिटब्युरो सदस्यहरूले दिएको सुझाव समेटेर पार्टी कमिटीलाई कार्यान्वयनका लागि पठाउने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा