बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान अनुसार महिलाका अधिकार प्राप्त भएका छैनन् : मन्त्री काफ्ले

बुधबार, १९ भदौ २०८१, १८ : ४७
बुधबार, १९ भदौ २०८१

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले संविधानको व्यवस्था अनुसार महिलाहरूले अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । मन्त्री काफ्लेले राज्यका विभिन्न निकायमा महिलाहरूको पहुँच देखिपनि सो प्रयाप्त नभएको बताए ।

हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले महिलाहरूलाई अधिकार सम्पन्न र आत्मनिर्भर बनाउन प्रदेश सरकारले ठोस योजना तयार गर्ने बताए । पिछडिएका महिलाहरूलाई राज्यको मूलधारमा ल्याउन सरकारले विभिन्न प्रकारका कार्यक्रमहरू ल्याउने उनको भनाई छ । उनले प्रदेशका महिलाहरूलाई आर्थिक सामाजिक रूपमा सबल बनाउन आफूले भूमिका खेल्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी देवी श्रेष्ठले संविधानका व्यवस्थालाई आफू अनुकूल व्याख्या गरे समावेशिता माथि खेलबाड गरेको बताइन् । संविधानले दिएको उपाध्यक्ष पदमा समेत राजनीतिज्ञहरूले अनुकूलतामा व्याख्या गरेर हस्तक्षेप गरेको उनले बताइन् ।

डकर्मी र खेलकर्मी महिला सम्मानित

कार्यक्रममा खेलकर्मी र डकर्मी महिला जागरूक महिला सम्मानबाट सम्मानित गरिएको थियो । हरितालिका तीजको अवसरमा आयोजित उक्त कार्यक्रममा डकर्मी र खेलकर्मी २ महिलालाई सम्मान प्रदान गरेको हो ।

सम्मानित हुनेमा हेटौंडा ५ की खेलकर्मी सरेशा ढुंगाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरीमाया सिन्तान रहेकी छिन् । ढुंगाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आबद्ध रहेकी छिन् भने सिन्तान १२ वर्षदेखि डकर्मी पेसामा रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप