तडकभडक तरिकाले तीज नमनाउन महिला कर्मचारीहरूलाई मन्त्री काफ्लेको आग्रह

काठमाडौँ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन मन्त्रालयका महिला कर्मचारीहरूलाई आग्रह गरेका छन् ।
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा महिला कर्मचारीहरूलाई लक्षित गर्दै मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री काफ्लेले अनुशासित ढंगले पर्व मनाउन आग्रह गरेका हुन् ।
‘विगतको तुलनामा हालका वर्षहरूमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, मन्त्री काफ्लेले भने, ’हाम्रो परम्परा जोगाउने हामीले नै हो । त्यसैले अर्थ मन्त्रालयको कर्मचारीले देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै अनुशासित र तडकभडक बिना तिज मनाउँदा सर्वसाधारणमा राम्रो सन्देश जान्छ ।’
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनाली, उपसचिव मौसम ढुङ्गेल, मन्त्रीका निजी सचिव अनुप अधिकारीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात