गुफामा जमेको अवस्थामा भेटिएका पुरुषको ४७ वर्षपछि खुल्यो पहिचान
वासिङ्टन डीसी । अमेरिकाको पेन्सिल्भेनिया राज्यको एउटा गुफामा सन् १९७७ मा जमेको अवस्थामा भेटिएका एक पुरुषको पहिचान खुलेको छ । शव बरफमा पूरै जमेको अवस्थामा भेटिएको पुरुषको झन्डै पाँच दशकपछि पहिचान खुलेको हो । यसअघि उनी पिनाकल म्यानको रूपमा चिनिएका थिए ।
बक्र्स काउन्टी कर्नर्सको कार्यालयका अनुसार शव २७ वर्षका निकोलस पल ग्रबको थियो । उनी पेन्सिल्भेनियाको फर्ट वाशिङ्टनका बासिन्दा थिए । उनको औँलाका छाप ग्रबसँग मिलेपछि पहिचान खुलेको हो । फिलाडेल्फियाकोे उत्तर पश्चिमबाट ७५ माइल (१२२ किमी) परको हाइकिङ क्षेत्रमा अल्बानी सहरको पिनाकलभन्दा ठिक मुनिको गुफामा ग्रबको शव जमेको अवस्थामा भेटिएको थियो ।
५० वर्षसम्म उनको पहिचान रहस्यमै अल्झिएको थियो । यस बीचमा उनको पहिचान खुलाउने अनेकौँ प्रयास असफल भए । पाँच वर्ष अघि डीएनए झिक्न उनको शव पनि निकालिएको थियो । दाँतको रेकर्ड र औँलाको छापहरू समेत लिइएको थियो । तर कसैसँग पनि यो मेल खाएन । झन्डै आधा शताब्दीपछि अगस्टमा पेन्सिलभेनिया प्रहरीका जासुसहरूले ग्रबको औँलाको छाप भेट्टाए ।
यसलाई हराएका अमेरिकी नागरिकहरूको डेटाबेसबाट लिइएको थियो । यसको एक घण्टाभन्दा कम समयमा एफबीआईले ग्रबको पहिचान पत्ता लगायो । गएको १५ वर्षमा सो शवलाई हराइरहेका १० जनासँग तुलना गरिएको थियो ।
सन् २०१९ मा शवबाट डीएनए नै झिक्दा पनि पहिचान खोज्ने प्रयास विफल भएको थियो । पहिचान खुलेपछि उनको शवलाई पुनः गाड्ने अधिकारीहरूले बताएका थिए । ग्रबले पेन्सिल्भेनियाको सेनामा पनि काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)