आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

किन घटबढ भइरहेको छ सेयर बजार ?

बुधबार, १९ भदौ २०८१, १७ : ४४
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । पछिल्ला केही दिनमा सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेको छ । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भने बजारमा भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो । त्यसअघि आइतबार ५३.६३ अंकले बजार घटेको थियो । 

कारोबार रकममा पनि पछिल्ला केही दिन गिरावट आएको छ । आज १२ अर्ब ९२ करोडको कारोबार भएको छ । मंगलबार १३ अर्ब ४० करोड र सोमबार १२ अर्ब ९१ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो । 

यसरी पछिल्ला केही दिनमा बजारमा देखिएको तीव्र उतारचढावलाई लगानीकर्ताहरूले सकारात्मक रूपमा लिएका छन् । नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार उतारचढावको बजारले राम्रो सन्देश दिने बताउँछन् । ‘लगातार बढ्नुलाई मात्रै राम्रो मान्न सकिँदैन । कहिलेकाहीँ करेक्सन हुँदै जाँदा बजार उच्च बिन्दुसम्म पुग्ने प्रक्षेपण गर्न सकिन्छ,’ उनी भन्छन्, ‘लगानीकर्ताहरू नाफा कमाउँदै, नाफा बुक गर्दै जाँदा इन्डेक्समा यस्तो देखिन्छ । जुन राम्रो हो ।’ नाफा कमाउने र बुक गर्नेहरूकै कारण बजार करेक्सन हुँदै माथि जान थालेको उनको भनाइ छ । 

आज, बुधबार २८६० बिन्दुबाट सुरु भएको बजार थोरै उतारचढावका बिच घटेर २७३९.४६ बिन्दुमा झरेको छ । आज कारोबार भएकामध्ये ३१ कम्पनी मात्रै फाइदामा गएका छन् । २१३ कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो ।  

 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप