कतार पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
बुधबार, १९ भदौ २०८१, १७ : ३५

काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय सुवास आले मगरलाई प्रहरी पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आले मगरले पीडितसँग १ लाख रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखेका थिए । उनलाई विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितले जाहेरी दरखास्त दिएका थिए ।
ओखलढुंगा घर भएका मगरलाई प्रहरीले काठमाडौँ महानगरपालिका-३ महाराजगन्जबाट मंगलबार पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।