खस्कियो आईपीएलको ‘ब्रान्ड भ्याल्यू’, क्लबहरूमा मुम्बई इन्डियन्स सबैभन्दा अगाडि

काठमाडौँ । लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुनुअघि एउटा निराशाजनक समाचार बाहिरिएको छ । पछिल्लो समय आईपीएलको ‘ब्रान्ड भ्याल्यू’ निकै खस्किएको समाचारमा जनाइएको छ ।
यसअघि आईपीएलको ‘ब्रान्ड भ्याल्यू’ ९२ हजार पाँच सय रहेको थियो । तर, अहिले आईपीएलको ‘ब्रान्ड भ्याल्यू’ ११.७ प्रतिशतले खस्किएर ८२ हजार सात सयमा सीमित भएको छ । पछिल्लो समय प्रसारण अधिकारबाट राम्रो फाइदा भए पनि आईपीएलको ‘ब्रान्ड भ्याल्यू’ खस्किएको बताइएको छ ।
पछिल्लो प्रतिवेदनका अनुसार, सबैभन्दा बढी ‘ब्रान्ड भ्याल्यू’ भएको आईपीएल क्लब मुम्बई इन्डियन्स हो । सर्वाधिक ‘ब्रान्ड भ्याल्यू’ भएको आईपीएल क्लबहरूको सूचीमा चेन्नई सुपर किङ्स दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा कोलकाता नाइट राइडर्स रहेको छ ।
यसैगरी, सर्वाधिक ‘ब्रान्ड भ्याल्यू’ भएको आईपीएल क्लबहरूको सूचीमा रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा आसिन छ । यो सूचीमा दिल्ली क्यापिटल्स पाँचौँ, गुजरात टाइटन्स छैटौँ, सनराइजर्स हैदरावाद सातौँ, लखनउ सुपर जायन्ट्स आठौँ, राजस्थान रोयल्स नवौँ र पञ्जाब किङ्स १० औँ स्थानमा छन् ।
आईपीएलको अघिल्लो सिजनको उपाधि भने कोलकाता नाइट राइडर्सले जितेको थियो । कोलकाताले फाइनलमा सनराइजर्स हैदरावादलाई हराएको थियो । मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले हालसम्म पाँच–पाँचपटक आईपीएलको उपाधि चुमिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख