सलमानको घरमा फायरिङ गर्नेहरूलाई दाउदको डर

मुम्बई । सलमान खानको घरमा फायरिङ गरेको आरोपमा जेलमा रहेका विक्की गुप्ता र सागर पालले आफ्नो हत्या हुने डर व्यक्त गरेका छन् । समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै आरोपितका वकिलले दुवैले जेलका अधिकारीहरूलाई यसबारे जानकारी गराएको बताएका हुन् ।
उनीहरूको परिवारले महाराष्ट्र र बिहार सरकारसँग सुरक्षाको माग पनि गरेका छन् । अन्डरवर्ल्ड डन दाउद इब्राहिमका गुन्डाहरूले विक्की र सागरको हत्याको योजना बनाएको उनीहरूको दाबी छ । यद्यपि, वकिलले दुई जनालाई जेलमा कसरी धम्की दिइयो भन्ने चाहिँ खुलाएनन् ।
गत १४ अप्रिलमा मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली प्रहार भएको थियो । प्रहरीले यस घटनामा बिहारको पश्चिमी चम्पारणको मझरिया निवासी विक्की र सागरलाई पक्राउ गरेको थियो । उनीहरू मुम्बईको तलोजा सेन्ट्रल जेलमा बन्द छन् ।
अहिले विक्की गुप्ताका भाइ सोनु गुप्ता र सागर पालका भाइ राहुल पालले सरकारलाई पत्र लेखेका छन् । यस घटनाका अर्का आरोपी अनुज थापनको जस्तै हालत विक्की र सागरको हुने उनीहरूको आशङ्का व्यक्त गरेका छन् ।
अनुजको गत मेमा प्रहरी हिरासतमा मृत्यु भएको थियो । मिडिया रिपोर्टका अनुसार उनले जेलमा नै आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ