निसानको गाडी किन्दा १५ लाखसम्म छुट

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ योजना ल्याएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याइएको यो योजना अनुसार निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेल खरिदमा छुट हुनेछ ।
जसअन्तर्गत १ वर्ष नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), नि:शुल्क ३ बर्षको सडक कर(रोड ट्याक्स), नि:शुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टी र रू. १५ लाखसम्मको छुटहरू पाउन सकिने कम्पनीले जनाएको छ ।
निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८०% सम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिनेछ । त्यसैगरी, निसान एक्स-ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी
-
कति पुग्यो डलर, युरो, दिराम, दिनार र रियालको मूल्य ?
-
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामा सहभागी हुन पाउने
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म