जसपा अशोक राई समूहले झापा, मोरङ र सुनसरीलाई कोचिला प्रदेश बनाउन आन्दोलन गर्ने
बुधबार, १९ भदौ २०८१, १६ : २१

विराटनगर । जसपा अशोक राई समूहले झापा, मोरङ र सुनसरीलाई कोचिला राष्ट्रिय समिति बनाउने भएको छ । जसपा अशोक राई समूहका कोशी प्रदेश सचिव तथा झापा, मोरङ, सुनसरी जिल्लाका इन्चार्ज दुर्गा सुवेदीले उक्त जानकारी दिएका हुन् ।
उनले पहिचानको आन्दोलनलाई निरन्तरता दिने र प्रदेश १ को नाम खारेजीको माग गर्दै आन्दोलन पनि गर्ने जनाए । यस्तै कोशी प्रदेश भित्रका वडा, पालिका, जिल्ला र झापा, मोरङ, सुनसरी राष्ट्रिय समितिहरू भदौको अन्त्यसम्म गठन तथा रूपान्तर गरिसक्ने सुवेदीले जनाए ।
यस्तै भदौ २२ गते प्रदेशस्तरीय महिला, विद्यार्थी, युवा भेला इटहरीमा आयोजना गरिएको उनले बताए । उपेन्द्र यादव नेतृत्वको जसपाबाट गत वैशाख २४ गते विभाजन भएपछि राई समूहले सङ्गठन विस्तारलाई तीव्रता दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकारात्मकताको जरो नै केपी ओली : उपाध्यक्ष खतिवडा
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद