विवादपछि काठमाडौँबाट विमान अपहरणमा आधारित वेब सिरिजमा बदलाव
मुम्बई । विवादमा तानिएपछि नेटफ्लिक्सले वेब सिरिज आईसी ८१४–कान्दाहार हाइज्याकमा मंगलबार केही परिवर्तन गरेको छ । अब वेब सिरिजको ओपनिङ डिस्क्लेमरमा नै विमान अपहरणकर्ताहरूको वास्तविक र कोड नाम देखाइने भएको हो ।
आतङ्कवादीहरूको वास्तविक र कोड नाममा इब्राहिम अतह (चिफ), शाहिद अख्तर सइद (डाक्टर), सनी अहमद काजी (बर्गर), मिस्त्री जहूर इब्राहिम (भोला) र शाकिर (शंकर) रहेका छन् ।
वेब सिरिजमा आतङ्कवादीहरुको हिन्दु नाम राखिएको भन्दै विवाद सुरु भएको थियो । वेब सिरिजलाई प्रतिबन्ध नै लगाउनुपर्ने सम्मको माग उठेको थियो ।
यस विषयमा सूचना तथा प्रसारण मन्त्रालयले नेटफ्लिक्सलाई पत्र पठाएर सफाइ माग गरेको थियो । त्यसपछि नेटफ्लिक्स इन्डियाकी कन्टेन्ट हेड मोनिका शेरगिल मन्त्रालय पुगेर स्पष्टीकरण दिएकी थिइन् ।
नेटफ्लिक्सलले आधिकारिक बयानमा भनेको छ, ‘हामीले दर्शकका लागि वेब सिरिजको ओपनिङ डिस्क्लेमरमा अपहरणकर्ताहरूको वास्तविक र कोड नाम सामेल गरेका छौँ । वेब सिरिजमा प्रयोग गरिएको नाम घटनाका दौरान प्रयोग गरिएका नामहरू नै हुन् । हामी हरेक कथालाई वास्तविक रूपमा प्रस्तुत गर्न प्रतिबद्ध छौँ ।’
गत २९ अगस्तमा नेटफ्लिक्समा रिलिज भएको आईसी ८१४ वेब सिरिज कान्दाहार विमान अपहरणमा आधारित रहेको छ ।
- साँचो के हो ?
६ जनवरी, सन् २००० मा केन्द्रीय गृह मन्त्रालयद्वारा जारी एक बयानका अनुसार अपहरणकर्ताहरूको वास्तविक नाम थियो– इब्राहिम अतहर, शाहिद अख्तर सइद, सनी अहमद काजी, मिस्त्री जहू इब्राहिम र शाकिर ।
तर, विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अपहरणकर्ताहरूले आफ्नो लागि कोड नाम पनि राखेको उल्लेख छ । जसमा चिफ, डाक्टर, बर्गर, भोला र शङ्कर रहेका छन् । अपहरणका दौरान उनीहरूले एक अर्कालाई यही नाम लिएर बोलाउँथे । त्यसैले सिरिजका निर्माताले अपहरणकर्ताको नाम बदलेको भन्नु सही हुँदैन ।
वेब सिरिज पत्रकार श्रीजय चौधरी र देवी शरण (आईसी ८१४ विमानका क्याप्टेन) द्वारा लिखित पुस्तक फ्लाइट इनटू फियर : द क्याप्टेन स्टोरी’ मा आधारित रहेको छ । यसमा विजय वर्मा, नसीरुद्दीन शाह, पंकज कपुर, मनोज पाहवा, अरविन्द स्वामी, अनुमप त्रिपाठी, दिया मिर्जा, पत्रलेखा, अमृता पुरी, दिव्येन्दु भट्टाचार्य, कुमुद मिश्रालगायतको प्रमुख भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी निरीक्षक सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीले बयान फेरे, अख्तियारद्वारा मुद्दा दर्ता
-
रास्वपाले भन्यो : वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ
-
यस्ता छन् सरकारले ल्याएका अध्यादेशका विशेषताहरु
-
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
-
आयल निगमको धनगढी डिपो निर्माण अघि बढ्यो, साढे ३ अर्ब लागत अनुमान
-
जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने